विद्युत आयोजनाको काम अन्तिम चरणमा
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १५:१२:४१
५ साउन रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको लगभग सबै काम सकिएको छ । केही मेशिन मात्र जडान हुन बाँकी रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । कूल रु एक करोड ६६ लाखको लगानीमा विद्युत आयोजनाको काम गरिएको छ ।
वडाध्यक्ष केसीका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीयले उठाएको रु चार लाखको लगानीमा विद्युत उत्पादनको काम गरिएको छ ।
विद्युत् उत्पादनका लागि आवश्यक केही मेशिनरी सामान जडान गर्न बाँकी रहेकाले सामान आउने बित्तिकै गाउँमा उक्त आयोजनाको विद्युत् बल्ने वडाले जनाएको छ । विसं २०७४ साउनमा सम्झौता भई २०७५ वैशाखबाट शुरु भएको आयोजनाको काम आर्थिक वर्ष २०७६÷७७ मै सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण केही समय ढिला हुन पुगेको अध्यक्ष केसीको भनाइ छ ।
लकडाउनका कारण प्राविधिक जिल्लामा पुग्न नसेकाले केही मेशिन जडान भएका छैनन् । अबको दुई महिनाभित्रै उक्त आयोजनाको बत्ती गाउँमा बल्ने उनले बताए । आयोजनाबाट छिपखोला बस्तीलगायत ठस्के र वडा नम्बर ४ को दादिङ, काडाँका करिब ३०० घरधुरी लाभान्वित हुने वडाध्यक्ष केसीले बताए । अहिले छिपखोलाका ४० घरधुरीले तीन किलोवाट क्षमताको विद्युत्गृहबाट उत्पादित विद्युत बालिरहेका छन् ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार