कांग्रेस केन्द्रीय सदस्य भण्डारीद्धारा पहिरो पीडितलाई राहत वितरण
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १५:५७:५९
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले ऋषिङका भैँसीकिली पुगेर आइतबार पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेका छन् । ऋषिङ–८ भैँसीकिली निवासी अम्बरबहादुर थापाका पाँच जनाको पहिरोमा परी मृत्यु भएपछि नेता भण्डारी घरमै पुगेर विभिन्न सङ्घ संस्थाबाट आएको सहयोग रकम रु दुई लाख ११ हजार १०५ हस्तान्तरण गरेका हुन् ।
गैरआवसीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थबाट प्राप्त रु ५० हजार, नेपाल रेडक्रस सोसाइटी कोटदरबाट रु ७२ हजार ६०५, ऋषिङ ६ का ल्यापटेन परिवारबाट रु २० हजार ५००, नेपाली काँग्रेस ऋषिङबाट रु २१ हजार ५००, शहीद सरस्वतिकृष्ण श्रेष्ठको परिवारबाट रु २० हजार, सोम रानाबाट रु २० हजार र शिक्षक सङ्घबाट रु सात हजार सहयोग प्राप्त रकम उनले प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको समेत उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा पूर्वमन्त्री भण्डारीले यस विपद्को घडीमा तीन तहका सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।
घरमाथिबाट आएको पहिरोले पुरिँदा अम्बरबहादुरका छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, पाँच वर्षीया नातिनी अमिषाका साथै अर्का छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसराको मृत्यु भएको हो । केही दिनअघि मात्रै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार मृतकका आफन्त थापालाई प्रदान गरेका थिए । अम्बरकी श्रीमती ६० वर्षीया ज्योतिमाया पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
त्यसैगरी जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा परी मृत्यु भएका ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकी छिमेकी ७० वर्षीया मैतकुमारी घर्तीका परिवारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै राहत वितरण गरिसकेका छन् । तनहुँमा चार स्थनामा गएको पहिरोमा परी ११ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार