विदेशबाट फर्किएर तीन स्थानमा आधुनिक शैलुन
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १९:१८:४३
५ साउन, चितवन । सात वर्षअघि कतारबाट फर्किएर स्वदेशमा नै रोजगारी सिर्जना गर्न तम्सिएका एक युवकले तीन ठाउँमा आधुनिक शैलुन सञ्चालन गरेका छन् । उनले शैलुन सञ्चालन गर्न मासिक रु एक लाख ७० हजार भाडा तिनुहुन्छ भने १४ जनालाई रोजगारीको अवसर मिलेको छ ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका सुलभ सिग्देलले दुई वर्ष कतारमा बसेर फर्किएपछि शैलुनसम्बन्धी तालीम लिएर स्वदेशमा नै पेशा शुरु गरेका छन् । विसं २०७१ साउन ६ गते पहिलो सामान्य शैलुनबाट पेशा थालेका उनले त्यसको पाँच वर्षपछि नजिकै रु ५० हजार भाडा तिर्ने गरी शैलुन विस्तार गरे । शुरुमा उनले मासिक रु १५ हजार भाडा तिर्ने गरी शैलुन शुरु गर्नुभएको थियो जहाँ रु २० लाख लगानी गरेको उनी बताउछन् ।
गत वर्षको साउन ६ गते नै सिजी मलमा मासिक रु एक लाख भाडा तिर्ने गरी कोठा लिएर रु ३० लाख खर्च गरेर सिग्देलले दोस्रो शैलुन शुरु गरे । यस वर्ष साउन ६ गते अर्को शैलुन दूरसञ्चार रोडमा विधिवत सञ्चालनमा आउँदै छ । जहाँ मासिक रु २० हजार भाडा तिर्नुपर्ने उहाँको भनाइ छ । तीनवटै शैलुनमा १४ जनाले रोजगारी पाउने छन् । अधिकांशले आफ्नै शैलुनमा काम सिकेका हुन् ।
पपुलर युनिसेक्स शैलुनका नामबाट खोलिएको शैलुनमा तालीम पनि दिइँदै आएको छ । “हालसम्म ४०० भन्दा बढीले तालीम लिई सकेका छन्”, उनले भने । तीमध्ये १४ जनाले यसै क्षेत्रमा आफैँले शैलुन चलाउँदै आएको सिग्देल बताउछन् । श्रीमती सुस्मिता र आफूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीबाट तालीम लिएर हाल महिला र पुरुष दुवैको कपाल काट्नेदेखि विवाहमा सजाउनेसम्मको काम गर्दै आएको उनको भनाइ छ ।
सिग्देलसँगै तालीम लिएर माडीको वसन्तपुर बजारमा शैलुन चलाउँदै आउनुभएका विष्णु मगर मेहनत ग¥यो भने स्वदेशमा नै काम गर्न सकिन्छ भन्छन् । “दैनिक २० जना हाराहारी ग्राहक आउँछन्, आफ्नै देशमा पेशा गर्न म सुझाव दिन्छन्”, उनले भने । गीतानगरको चोक बजारमा शैलुन चलाउँदै आउनुभएका किशोर थापामगरले पनि सिग्देलसँगै तालीम लिएका हुन् । उनी तीन वर्ष दुबई बसेर नेपाल फर्किएका हुन् । विदेशको भन्दा यहाँ बढी कमाइ हुने गरेको उनले बताए । “ मेहनत ग¥यो भने यही आम्दानी गर्न सकिन्छ”, उनले भने । उनले शुरु शुरुमा रु २० हजार लिएर ६ महिनासम्म तालीम दिने गर्थे । अहिले रु ५० हजार लिएर ६ महिनाको सबै जान्ने गरी तालीम दिने गरेका छन् ।
स्वदेशमानै थोरै लगानी गरेर राम्रो मुनाफा लिन सकिन्छ भन्ने उदाहारण सिग्देलसँगै यही सीप सिकेर व्यवसाय गरेकाले देखाएका छन् । लकडाउनसँगै स्थानीयप्रतिनै विश्वास बढेर गएको देखिन्छ । नेपालीले खोलेका शैलुनमा पनि केटाकेटीको विवाहको श्रृङगार, कपाल रङ्गाउने, ठाडो पार्ने, मेनिकेयर, पेडिकेयर जस्ता सबै काम हुने गर्दछन् । त्यस्ता शैलुनले रु ५० को थ्रेडिङदेखि रु ४० हजार लिएर दुलाहा दुलही श्रृङगार गर्नेसम्मका काम गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार