कुमाईकाे घुमाईमा प्रचण्ड
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १९:४०:३४
५ साउन, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र चर्किएको अन्तरसंघर्षले मुलुकी राजनीति नै बन्धक बनेको छ । कोभिड–१९ को संत्राश कायमै रहेका बेला थपिएको प्राकृतिक प्रकोपले आक्रान्त देशको अवस्था लथालिङ्ग छ, तर सत्तारुढ नेताहरु पद र भागबण्डाको राजनीतिमा अभिशप्त छन् ।
यसले देश र जनताप्रतिको जिम्मेवारी र दायित्वबाट नेकपा विमुख भएको प्रष्ट्याएको छ– राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको ठम्याई छ । यस्तै विपत्तिका बेला जनताले सरकार खोज्ने हो, तर केपी ओली नेतृत्वको सरकार र सत्तारुढ दलका नेताहरु आफ्नो दायित्व पूरा गर्नेतर्फ गम्भीर छैनन् – उनको भनाई छ । दुई तिहाईको साथ र समर्थन प्राप्त सरकार यति निरीह र गैर जिम्मेवार भएपछि नागरिकले कोसँग अपेक्षा गर्ने भन्ने प्रश्न राख्दै आचार्य भन्छन् – यस्तो लाछी र पदलोलुप पार्टी र सरकारसँग नागरिकको भरोशा अब पूर्णरुपले उठेको छ ।
वास्तवमा आचार्यले भने जस्तै नेकपा भित्रको रडाकोले देश र नागरिक सबैभन्दा बढ्दा प्रताडित भएका छन् । ओली सरकारलाई निरन्तरता दिने की हटाउने भन्ने निर्णय गर्ने काम नेकपाकै हो । ओली चरम अल्पमतमा छन्,तर वहुमत निरिह र कींकर्तब्यविमूढ छ । बहुमत भएपनि शीर्ष नेताहरु ओलीमाथि कारबाही गर्न सक्दैनन् । जसले गर्दा देश नेकपाको आन्तरिक सत्ता संर्घषको बन्दी बन्न पुगेको छ । ओलीले बहुमतको हुर्मत लिएका छन् – राजनीतिक विश्लेषक आचार्य भन्छन् ।
अल्पमतका अगाडि बहुमतले घुँडा टेक्नु भनेको लोकतन्त्रकै उपहास हो भन्दै आचार्यले नेकपा भित्रको पछिल्लो अवस्था त्यही पार्टीका नेतामा उम्लिएको सत्ता उन्माद र अभावको परिणाम भएको टिप्पणी गरेका छन् । बहुमत नै अल्पमतको पुच्छर भएपछि त्यो भन्दा ठूलो बिडम्बना के होला ? उनको प्रश्न छ । यही स्थिति रहने हो भने अब नेकपाको राजनीतिक औचित्य नै धरापमा परिसक्यो – आचार्यको ठहर छ ।
ओलीबाट सरकार र पार्टीको नेतृत्व हुन सक्दैन भन्ने निश्कर्ष नेकपाका वहुमत नेताको छ, तर निर्णय भने गर्न सक्दैनन् । उल्टो अल्पमतको दास र बन्धकका रुपमा पार्टी चलाउन विवश छन् । वास्तवमा यो अवस्था निर्माण हुनुका पछाडि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै कारक हुन् ।
उनको दोधारे नीति र चरित्रले गर्दा आज नेकपा अल्पमतको बन्धक बनेको छ । ताक परे तिवारी नत्र गोतामे चरित्र प्रचण्डको भएकाले पार्टीले यो अवस्था भोग्नुपरेको हो– ओली निकट एक केन्द्रीय सदस्यले भने । हुन त प्रचण्ड पनि नेपाली राजनीतिका चतुर खेलाडी हुुन्, तर ओलीको कुमाईकाे घुमाईमा नराम्ररी फसेका छन् – खुमलटार निकट स्रोत भन्छ ।
ओलीसँग भेट्दा उनैबाट प्रभावित हुने, अनि माधव नेपालसँग भेटेपछि फेरि शशंकित हुने दोहरो चरित्र उनमा रहेको छ – ती नेताले भने । ओलीको चरम पेलानबाट उछिट्टिएर माधव नेपालको कित्तामा पुगेका प्रचण्ड फेरि भावनामा बगेका छन् । ओलीलाई अब कुुनै हालतमा पदमुक्त गर्न कम्मर कसेका प्रचण्ड फेरि अर्ली महाधिवेशनबाट नेकपाकाे अध्यक्ष बन्ने सपनामा लुटपुटिन पुगेका छन् ।
ओलीसँगको पटक पटकको सम्बादपछि अर्ली महाधिवेशन गरी एकल अध्यक्षको सहयोग पाउने बचन पाएका प्रचण्डले बोली फेरे । गएको शनिबार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले अध्यक्ष पद त्याग्नुपर्ने भए मंसिरमा अर्ली अधिवेशन गरेर मात्र सम्भव हुने शर्त राखे । लगत्तै अर्का अध्यक्ष प्रचण्डले त्यसको स्वागत गरे ।
दुुई अध्यक्षको चोचोमोचो फेरि मिलेपछि नेता नेपाल झसंग भए । उनले पहिलो त मंसिरमा अधिवेशन सम्भव नरहेका भन्दै कदाचित हुँदापनि राजनीतिक दस्ताबेजको विषयमा बहस चलाउनुपर्ने माग राखे । यति भनिसक्दा धेरैले ओली प्रचण्डबीच गोप्य सहमति भएको लख काटिसकेको थिए । साथै, सचिवालय बैठक सकिने वित्तिकै ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएको समाचार सार्वजनिक भयो । त्यसबाट त झनै विश्वास भयो – अध्यक्षद्वयबीच पक्कै सहमति भइसक्यो ।
भोलिपल्ट बिहानै असन्तुष्ट नेताहरुले प्रचण्डसँग भेटेरै कुरा गर्ने विचार बनाए । सोही बमोजिम नेता नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले प्रचण्डलाई उनकै निवासमा गएर भेटेर सोधे– आखिर किन तपाईंले धोका दिनुभएको ? प्रतिउत्तरमा प्रचण्ड द्रबित भए । उनले ओलीले परिबन्दमा पारेर शितलनिवास बोलाएको भन्दै आफू पुरानै कित्तामा रहेको स्ष्टीकरण दिए । अर्ली अधिवेशनको पक्षमा नरहेको यो सबै भ्रम मात्र भएको कुरा फेसबुकमार्फत सार्वजनिक गरेको दाबी पनि उनले गरे ।
तर यो सबै भुलभुलैया मात्रै थियो । प्रचण्डको स्वभाव नै एकैपटक दुईवटा नाउमा खुट्टा राख्ने नै हो । ओलीसँग एकल अध्यक्षको बचन पाएका उनी अर्ली अधिवेशनका लागि तयार देखिए । तर जब माधव नेपालले त्यसको कडा प्रतिवाद गरेर राजनीतिक लाइन जबज अर्थात जनताको बहुदलीय जनवाद नै हुनुपर्ने अडान राखेपछि प्रचण्डलाई अधिवेशनबाट अध्यक्ष बन्नु फलामे चिउरा चपाउनु सरह हुने लाग्यो । लगत्तै उनी ओलीको प्रस्तावको विपक्षमा उभिए । नत्र उनले राष्ट्रपति निवास जानेक्रममा नै नेता नेपाललाई फोन गरेर त्यसबारे जानकारी दिन सक्थे । प्रचण्डले त्यसो गरेनन् । बरु निकट पात्र जनार्दन शर्मालाई शीतलनिवास पठाए । यसबाट प्रचण्ड गंगा आए गंगादास, जमुना आए जमुनादास बन्ने पक्षमा रहेको देखिन्छ ।
तर यो परिघटनाले प्रचण्ड चरम फेरि विबादमा तानिएका छन् । अब कसरी जाँदा फाइदा होला भनेर उनी गमिरहेका छन् । निकट नेताहरुसँग श्रृँखलाबद्ध सम्बाद गरिरहेका छन् । यसक्रममा उनलाई धेरैले ओलीसँग मिलेर जाँदा नै बढी फाइदा पुग्ने सुुझाव दिइरहेका छन् । यस्तो सुझाव दिनेमा बर्षामान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, मणि थापा लगायत रहेका छन् । तर प्रचण्ड भने माधव नेपाललाई पनि चिढ्याउने पक्षमा छैनन् । भोलि सिंगो नेकपाको नेतृत्व गर्ने अवस्था आयो भने नेपाललाई समेत रिझाएर लैजाने फर्मुला उनी खोज्दैछन् ।
प्रचण्डको यो मनसाय बुझेका रामबहादुर थापा र लेखराज भट्ट चाहिं अब ओलीसँग खुलेरै मिल्नुपर्ने धारणा राख्दैछन् । त्यस्तै अवस्था आइलाग्यो भने प्रचण्डलाई त्यागेर ओलीको पक्षमा उभिने उनीहरुको मनस्थिति रहेको स्रोतको दाबी छ । त्यसैले आज बिहान प्रचण्डले डाकेको भेलामा उनीहरु सहभागी भएनन् । त्यसैले गर्दा प्रचण्ड दोधारमा छन् । ओलीलाई सम्पूर्ण रुपले पत्याउँदा भोलि अर्काे धोका होला कि भन्ने पिरलो एकातिर छ भने अर्कातिर बादल र भट्ट जस्ता हस्ती नै त्याग्नुपर्ने पो हो की भन्ने अर्काे संकट आइलागेको छ । त्यही भएर प्रचण्ड अझै निर्णयमा पुगिसकेका छैनन् । तर अन्तिममा उनले ओलीसँगै मिलेर जाने निर्णय गर्ने उनी निकटहरुको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार