वर्षाका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १९:४६:९
५ साउन, तनहुँ । पहिरोले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो । भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । निरन्तर वर्षा भएकाले पहिरा हटाउन केही समय लाग्ने जनाइएको छ ।
यस्तै वर्षाका कारण पहिरा गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिए । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको हो । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिए । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा हटाउन समय लाग्ने बताइएको छ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–कोत्रे सडकखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार