आफूनिकट स्थायी समिति सदस्यलाई एक ढिक्का हुन प्रचण्डको अनुरोध
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १९:५६:२६
५ साउन, काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।
साेमबार बिहान आफ्नै निवास खुमलाटारमा बोलाएर प्रचण्डले पार्टीभित्रको विवादमा पूर्व खेमाको समान धारणा बनाउने र एक ठाउँमा उभिनेबारे सदस्यहरुसँग छलफल गरेका हुन् ।
महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको भए पनि सहमति भने भइनसकेको प्रचण्डले स्थायी समिति सदस्यलाई जानकारी गराएका थिए। दाहाललाई अर्का अध्यक्ष ओलीले मंसिरमै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरेपछि त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने अलमलमा प्रचण्ड छन्।
शनिबार बेलुका भएको स्थायी समिति बैठकमा ओलीको प्रस्ताव स्वीकार गरेका दाहालले आइतबार बिहान माधव नेपाल, झलनाथ खनाललगायका नेताहरुसँग आफूले ओलीको प्रस्ताव स्वीकार नगरेको बताएका थिए।
दाहालको उक्त भनाइपछि उनी आफ्नै गुटमा समेत आलोचित भए पनि भावी रणनीतिबारे छलफल गर्न उनले सोमबार आफू पक्षीय नेताहरुको भेला राखेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार