पसलका दुई कामदारसहित थप नौ जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ३८५ पुग्यो
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार २२:५६:४८
◊ धीरुभाइ
५ साउन, सप्तरी । सप्तरीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पसलमा काम गर्ने दुई जना कामदारसहित नौ जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ३८५ पुगेको छ ।
पसलमा काम गर्दै आएका ३७ र ५५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए । हिजो आइतबार मात्रै उनका परिवारका पाँचै जना श्रीमति, छोरा, बुहारी, नाती नातिनीमा संक्रमण पाइएको थियो । जिल्लामा हालसम्म २६९ जना निको भएर घर फर्किसकेका छन । ११६ जनाको आइसोलेशनमा उपचार भइरहेको बताइएको छ ।
नयाँ थपिएका संक्रमितहरुमा राजविराज नगरपालिकाका तीन, तिलाठी कोइलाडी गाउँपालिकाका तीन, विष्णुपुर गाउँपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाका एक-एक जना रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए । नयाँ थपिएका संक्रमितहरुको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।
जिल्लाको सबै स्थानीय तहमा संक्रमण
हालसम्म जिल्लामा राजविराज नगरपालिकामा २५, कञ्चनरुप नगरपालिकामा पाँच, डाक्नेश्वरी नगरपालिकामा २५, बोदेबर्साईन नगरपालिकामा ३८, खडक नगरपालिकामा १३, शम्भुनाथ नगरपालिकामा सात, विष्णुपुर गाउँपालिकामा छ, तिरहुत गाउँपालिकामा छ, रुपनी गाउँपालिकामा पाँच जना संक्रमति भेटिएको छ ।
त्यस्तै राजगढ गाउँपालिकामा २२, सुरुङ्गा नगरपालिकामा २१, हनुमाननगर कंकालीनी नगरपालिकामा ५६, अग्निसाइर कृष्ण सवरन गाउँपालिकामा आठ, छिन्नमस्ता गाउँपालिकामा ३२, महदेवा गाउँपालिकामा १५, सप्तकोसी नगरपालिकामा छ, तिलाठी कोइलाडी गाउँपालिकामा ४६ र बलान बिहुल गाउँपालिकामा ४९ जनामा कोरोना पुष्टि भइसकेको छ ।
विभिन्न स्थानीय तहमा सञ्चालित क्वारेन्टाइनमा २२ महिलासहित ४५५ जना रहेको छ । दैनिक २०–२५ जना भारत तथा तेश्रो मुलुकबाट आउने गरेको र सम्पर्कमा आएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने गरेको बताइएकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार