‘तीजको लहर छायो बरिलै’, गाउनलाई रहर लाग्यो बरिलै
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार ०:२:३८
५ साउन, काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज अवसरमा ‘तीजको लहर छायो बरिलै’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । यो गीत गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् । कुनै पनि चाडबाड बिशेष गीत मौलिकतामा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला दिलु सलामी मगर, ज्ञानु मगर र दिलसरा काउछा मगरले ‘तीजको लहर छायो बरिलै’ बोलको गीत बजारमा ल्याएका हुन् ।
बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेता पनि उनिहरुले त्यति चर्चा पाउन नसकेको गुनासो गरेका छन् । तर पनि क्षणिक चर्चा कमाउन आफुहरुले लोक तथा दोहोरी गीतको मौलिक घरबाट बाहिर जान नचाहेको प्रष्ट पार्छन् । यसै पेरिफेरिमा रहेर पछिल्लो समय बजारमा आएको गीतमा दिलु सलामी मगर, ज्ञानु मगर र दिलसरा काउछा मगरको नै सुमधुर स्वर सुन्न सकिन्छ ।
गीतमा लय दिलसरा काउछा मगरको रहेका छन् भने शब्द दिलु सलामी मगर र ज्ञानु राना मगरको रहेको छ । गीतको स्वाद जति मौलिकतामा सिमित त्यति नै म्युजिक भिडियोलाई पनि उत्कृष्टता दिने प्रयास गरिएको छ । तीजको लहर छायो बरिलै बोलको गीतको म्युजिक भिडियोमा खुशी बुढा मगर, बिमन्त मगर, लिजा मगर, दिपिका मगर, प्रिया मगर र निर्मला मगरको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन चुमन काउछा मगर, छायांकन बसन्त महर्जन, क्रियोग्राफी उदिराम खड्का र सम्पादन हुम गैरेले गरेका छन् । हामि यस संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार