बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार १:२९:४
५ साउन, काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा शाखा अधिकृत कृष्ण पौडेलले जानकारी दिए ।
यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म रोजगार केन्द्रमा सूचीकरणका लागि निवेदन दिनुपर्ने छ । बेरोजगार युवाले रोजगार हुनका लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई सूचीकरण गर्नुपर्नेछ । यसरी सूचीकरणका लागि निवेदन दिएका युवाले रोजगार व्यवस्थापन सूचना प्रणालीले ती युवाको छनोट गर्नेछ ।
उनका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा सरकारले गत वैशाख १४ गते गरेको निर्णयको आधारमा बेरोजगार युवालाई रोजगार उपलब्ध गराउनका लागि रोजगार केन्द्रमा निवेदन दिन आग्रह गरेको हो ।
रोजगारका लागि बेरोजगार व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले गरेको व्यवस्थानुसार आफूले न्यूनतम रोजगारको अवसर नपाएको र आफू तोकिएबमोजिम आयआर्जन हुने स्वरोजगारमा संलग्न हुने जानकारी गराउँदै निवेदन दिनुपर्नेछ ।
निवेदन दिएका व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा २१ बमोजिम रोजगार केन्द्रले खटाएको ठाउँमा गई काम गर्नुपर्नेछ । यदि केन्द्रले त्यस्ता व्यक्तिलाई रोजगार दिन नसकेमा ऐनको दफा २२ अनुसार निर्वाह भत्ता भनि न्यूनतम पारिश्रमिकको १०० दिनबराबरको रकमको ५० प्रतिशत उपलब्ध गराउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार