डलरमा राष्ट्रवादका राग अलाप्ने स्यालहुँईयाँहरु
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार २:४२:४०
♦ यज्ञप्रसाद भट्टराई
देशमा कोरोना रोगको संक्रमण घटनु भन्दा अझै पनि दिनानुदिन बढिरहेकै छ । वर्तमानका तथ्यांकगत आँकडाहरुले रोग नियन्त्रण भन्दा अझै संक्रमण फैलने डर बढिरहेको देखिन्छ । रोगको निदान या न्यूनीकरण गर्न सक्ने ओखती अहिलेसम्म पनि बन्न सकेको छैन् ।
विश्वलाई नै हाहाकार पार्दै फैलिएको माहामारीले मानवीय आर्तनादका स्वरहरु पस्किरहेका भावबिव्हल तस्विर तथा श्रब्यदृष्य सामाग्रीहरु छापा तथा श्रब्यदृष्य सामाग्रीमार्फत सामाजिक सञ्जालमा प्रसस्तै देख्न, सुन्न र पढन पाईन्छ । जसले अभावमा बाँचिरहेका र यदि बाँच्न सकियो भने भोलि त केही गरौंला भनेर आशावादी सुनौलो भविष्य साँचिरहेका सर्वसाधारण नागरिकलाई मरिने पो हो कि ? भन्ने मनमा थप आशंका र निराशाजनक विचारहरु उब्जाई रहेको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेका खर्चका समष्टिगत तथ्यांकहरुमा पनि आम नागरिकहरुले सजिलै विश्वास गर्न सकिरहेका छैनन् । १० औं अर्ब खर्चको आँकडा प्रस्तुत गर्ने सरकारले नागरिकलाई घरमा थुनेर आफु ब्रम्हलुट मच्चाउन मात्रै यो बन्दाबन्दीको सहारा लिएको भन्ने कुरा बिस्तारै पुष्टि हुँदै जाँदैछ ।
सरकारमा रहेका ब्यक्तिहरु रोगलाई अवसरको रुपमा उपयोग गर्दै राष्ट्रिय ढुकुटी स्वाहा पार्न मै तल्लिन छन् । जनता सिटामोल र पानी समेत खान नपाई क्वारेन्टाईनमा जीवन गुमाईरहेका छन् । देशका अभिभावक भनिएका गद्दार नेताहरु जनताको मृत्यूको खुशियालीमा बालुवाटारमा भोज खाँदै रमाईरहेका छन् । धेरै लामो समयको बन्दाबन्दी पार गरेर सर्वसाधारण नागरिकहरु पुरानै अवस्थामा फर्किन चाहिरहेका छन् । महिनौको अभाव र बन्दाबन्दीमा लागेको ऋणको भारी कसरी बिसाउने भन्ने चिन्ताले जनता पिरोलिएको अवस्थामा छन् ।
यतिलामो बन्दाबन्दीमा कति नेपाली नागरिकले के कति राहत पाए ? कतिले दुई छाक त कतिले एक छाक मात्रै खाना खाए ? कतिले राज्यबाट उपचार पाए ? कतिले एक छाक पनि खान नपाएर जीवन गुमाए ? कतिले आत्महत्या जस्तो क्रुर जीवन अन्त्यको बाटो समाए ? कतिले यही मौको फाईदा उठाएर अरबौं रुपैयाँ कमाए ? भन्ने स्पष्ट तथ्यांकगत आँकडा समेत सरकारले राख्न सकेको देखिएन । केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेका खर्चका समष्टिगत तथ्यांकहरुमा पनि आम नागरिकहरुले सजिलै विश्वास गर्न सकिरहेका छैनन् । १० औं अर्ब खर्चको आँकडा प्रस्तुत गर्ने सरकारले नागरिकलाई घरमा थुनेर आफु ब्रम्हलुट मच्चाउन मात्रै यो बन्दाबन्दीको सहारा लिएको भन्ने कुरा बिस्तारै पुष्टि हुँदै जाँदैछ ।
नागरिकहरुलाई गुमराहमा राखेर देशमा गरिएका अनगिन्ति भ्रष्ट्राचारका श्रृङखलाबद्ध आक्रमणहरुबाट मुलुक अहिले क्षतबिक्षत बनेको छ । देशमा अहिले विकासका योजनाहरु होेईन भ्रष्ट्राचारका योजनाहरु बन्छन् । कसले, कहाँ, कति, विकास ग¥यो भन्दा पनि कसले, कहाँ, कति भ्रष्टाचार गर्न सक्यो भन्ने बिषयले प्राथमिकता पाउन थालेको छ । जनताका जनप्रतिनिधिहरु नै स्थानीय सरकारका ठेकेदार बनेका कुराहरु बजारमा प्रसस्त मात्रामा सुन्न पाईन्छ । आफैं कार्यक्रम बनाउँछन्, आफैं ठेक्का लगाउँछन् अनि आफै ठेक्का लिन्छन् भनेर स्थानीय नागरिकहरु नै बताउँछन् । ठेक्काको बिल भर्पाई आफै बनाउँछन्, आफै पेश गर्छन् अनि आफै भुक्तानी लिन्छन् भन्ने पनि सुनिन्छ । अधिकांश जनप्रतिनिधिहरुले ब्यक्तिगत स्काभेटर र डोजरहरु खरिद गरेका प्रसस्तै रुपमा देख्न पाईन्छ ।
जुनसुकै दलको नेता होस् उसले एउटा दुईटा भ्रष्ट मान्छे पालेको हुन्छ । यिनै खराब सोच भएका पाल्तु जनावरहरुबाट भ्रष्ट्राचारको जालो देशैभरी फलेको छ । समाचार सुन्दा र पढदा पनि लाज, शरम, घिन र आक्रोश एकैपटक जागेर आउँछ । देशका प्रधानमन्त्रीले अरबौं डलर विदेशी बैंकमा लगेर राखेको समाचार सामाजिक सञ्जालमा हेर्न र पढनै नसक्ने गरी छाएको हुन्छ । गलत समाचार भए त्यस्ता गलत समाचार प्रकाशन र प्रसारण गर्नेलाई कार्यवाही हुनु पर्ने हो । यदि सरकार सबै कुरा थाहा पाएर पनि यस्ता संवेदनशील समाचारमा मुकदर्शक भएर बस्छ भने देशका प्रधानमन्त्रीले अरबौं रुपैयाँ भ्रष्ट्राचार गरेको पक्का भो भन्दा कुनै फरक पर्ला र ???
बुढेसकालमा भएको धनसम्पत्तिबाट दान, धर्म र पुण्यकर्ममा लगाउनु पर्ने समयमा अझ बढी सम्पत्ति जोहो गर्ने दिशामा देखिनुले मुलुकमा धर्म हराउँदै गएको र ब्यभिचारीहरुको संख्या बढदै गएको स्पष्ट रुपमा देख्न सकिन्छ । देश विकास र देशप्रेममा सिन्को समेत नभाच्ने वर्तमान नेतृत्व तथा विदेशीले दिएको डलरका आधारमा राष्ट्रवादका राग अलाप्ने स्यालहुँईयाँ……
सर्वसाधारण नेपाली विदेशमा पसिना रोप्छन् र देशलाई रेमिट्यान्स पठाउँछन् । देशका गद्दार नेताहरु देश लुट्छन् र बिदेशी बैंकमा पैसा लुकाउँछन् । तपाई हामी सर्वसाधारण नेपाली नागरिकलाई बोक्नै नसक्ने बिदेशी ऋणको भारी बोकाउँछन् ।पम्फादेवी ठकुरीका नाममा स्वीजरल्याण्डको बैंकमा रहेको भनिएको पैसा ल्याएर गरिब जनतालाई बाँडने सपना कता गो ? सर्वहारा नेता आफै देश र जनता लुटेर बिदेशी बैंकमा पैसा जम्मा गर्छन् भन्ने कुरा अहिले आएर पो आम नेपाली नागरिकलाई थाहा भो । यसरी देशका कार्यकारी प्रधानमन्त्रीको श्रोत नखुलेको करोडौं डलर बिदेशी बैंकमा त्यो पनि देश र बैंकको नामै किटान गरेर तथ्यांकगत रिपोर्टहरु बारम्बार सामाजिक सञ्जाल र सार्वजनिक समाचार माध्यममा आईरहदा सम्बन्धित ब्यक्तिबाट कुनै प्रकारको प्रतिक्रिया नआउनुले बाघ कराउनु र बाख्रो हराउनुको तादम्यता सही भएको ठहर्दैन र ???
धर्मशास्त्रका अनुसार हामी मृत्यू लोकमा छौं । यो मृत्यूलोकमा आउने जो कोही पनि यहाँबाट जानुपर्छ, जान्छन् । सिंगो मानव समाज लगायत पशुपंक्षी, जनावर, जलचर, स्थलचर, वनस्पति, किटपतङ लगायत सबैको अवशान निश्चित छ, हुन्छ । त्यो ध्रुवसत्य कुरालाई बिर्सिएर सिंगो ब्रम्हाण्डका प्राणीहरु बाँच्न हरसंभव प्रयत्न गरिरहेकै हुन्छन् । मानव त झन चेतनशिल प्राणी भित्र पर्ने भएको हुनाले उसमा बाँच्ने चाहना अत्यधिक हुनु अनौठो कुरै होईन । संसार नै ढाकेर आएको कोरोनाको माहामारीमा जनताको अभिभावक बन्नु पर्ने यो सरकार जनताका स्वास्थ्यका बिषयमा कही कतैबाट पनि संवेदनशिल बनेको पाईएन । औषधि उपकरणमा समेत भ्रष्ट्राचार गर्न लालायित प्रधानमन्त्रीका गोठालाहरु, तिनै भ्रष्ट गोठालाहरुलाई भरथेग गर्न लालायित देशका दीर्घरोगी कार्यकारी प्रमूख स्वयं प्रधानमन्त्रीले टेको लगाउञ्जेल देशले कोल्टे फेर्ने कुरामा अब नागरिकहरुमा विश्वास कम हुदैं गईरहेको छ ।
बुढेसकालमा भएको धनसम्पत्तिबाट दान, धर्म र पुण्यकर्ममा लगाउनु पर्ने समयमा अझ बढी सम्पत्ति जोहो गर्ने दिशामा देखिनुले मुलुकमा धर्म हराउँदै गएको र ब्यभिचारीहरुको संख्या बढदै गएको स्पष्ट रुपमा देख्न सकिन्छ । देश विकास र देशप्रेममा सिन्को समेत नभाच्ने वर्तमान नेतृत्व तथा विदेशीले दिएको डलरका आधारमा राष्ट्रवादका राग अलाप्ने स्यालहुँईयाँहरुबाट मुलुकको सर्वाङिण विकास हुने कुरामा अब विश्वास गर्ने ठाँउहरु साघुरिंदै गईरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार