अन्तर्राष्ट्रिय हवाई उडान पनि खोल्ने मन्त्रिपरिषद बैठकको निर्णय
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार २:३९:९
५ साउन, काठमाडौं । सरकारले भदौदेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरेको हो ।
यसअघि आन्तरिक उडान मात्रै खोल्ने भनिएपनि निश्चित मापदण्ड राखेर अन्तराष्ट्रिय उडान पनि खोल्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए ।
‘अब कोरोनाको जोखिमलाई भन्दा आवश्यकतालाई हेरेर कदम चाल्नुपर्ने अवस्था आएको छ’ मन्त्री भट्टराईले बालुवाटारमा केही पत्रकारहरुसित भने, ‘सुरक्षा जोखिमलाई ध्यान दिएर नागरिकको आवश्यकतालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय उडान पनि खोल्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।’
बाह्य तथा आन्तरिक उडान सुचारु गर्नका लागि कार्यविधि बनाउने जिम्मेवारी मन्त्रिपरिषद बैठकले मन्त्री भट्टराईलाई दिएको छ । भदौमा आन्तरिक र बाह्य दुवै उडान खोल्न सक्ने गरी प्रोटोकल बनाइने पनि उनले बताए । अन्तर्राष्ट्रिय उडान खुलेपछि अहिले ठप्प बनेको पर्यटन व्यवसायले पनि फेरि गति लिने मन्त्री भट्टराईको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार