कांग्रेस पूर्वसभापतिको भेला : वर्तमान नेतृत्वको विकल्प खोज्न जोड
नेपालबहस संवाददाता
साउन ५, २०७७ मंगलबार ४:२४:४६
५ साउन, भक्तपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तय भएपछि आज केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ । देशव्यापी रुपमा सञ्चालन गरिने भेलाको आज भक्तपुरबाट शुरुआत गर्दै भेलामा सहभागी कांग्रेस पूर्वसभापति तथा भ्रातृ सङ्गठनका पूर्वएवं वर्तमान सभापतिले पार्टीको वर्तमान नेतृत्व पूर्णरुपमा असफल भएको जनाउँदै विकल्प खोज्ने निष्कर्ष निकालेका छन् ।
भेलामा उपस्थितहरुले शेरबहादुर देउवाको नेतृत्व पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेका छन् । “मुलुकमा नेकपा नेतृत्वको सरकारले गरेको विभिन्न असंवैधानिक कामको विरोध गर्न नसक्नु, भ्रष्टाचार र जातीय विभेदका घटना बढ्दा पनि विरोध गर्न नसक्नु, प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा मौन बस्नु, न्यायालय र संवैधानिक अङ्गलाई समेत आक्रमण गर्दा पनि देउवा नेतृत्वको कांग्रेसले कुनै विरोध नजनाउनु नै नेतृत्व असफलता रहेको” भेलामा सहभागीको तर्क थियो ।
नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थको सभापतित्वमा भएको भेलामा १४ औंँ महाधिवेशनमा वर्तमान नेतृत्वको विकल्प खोज्न पार्टी सभापति देउवा इतरका आठ नेताले सहमतिबाट एक मात्रै सभापतिको उम्मेदवारी दिने निर्णय गर्नुपर्ने धारणा सहभागीले राखेका थिए ।
भेलामा तीर्थराम डङ्गोल काठमाडौंं, रामचन्द्र खड्का रामेछाप, बालचन्द्र पौडेल रसुवा, मोहन बराल सिन्धुली, लक्ष्मण राय सर्लाही, भूपेन्द्र थापा सिन्धुपाल्चोक, हर्षजीत लामा पूर्वसांसद, नेपाल किसान संघका सभापति भानु सिग्देल, नेपाल शिक्षक युनियनका अध्यक्ष मोहन ज्ञवाली, स्ववियू पूर्वसभापति विनिता अधिकारी, नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागार्य, युवा नेता अष्ट कवेँलगायत नेताले आआफ्नो धारणा राखेका थिए ।
भेलामा २५ जिल्लाका पूर्वसभापति, भ्रातृ सङ्गठनका वर्तमान र पूर्वअध्यक्ष एवं विभिन्न सङ्गठनका पदाधिकारी, पूर्वसांसदलगायतको सहभागिता रहेको बताउँदै कार्यक्रमका सभापति कायस्थले काठमाडौं उपत्यकाबाट शुरु भएको भेला सातै प्रदेशमा सञ्चालन गर्दै वर्तमान नेतृत्वको विकल्प खोजिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार