बर्षाले काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका ठप्प
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १४:८:५७
६ साउन, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ । धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि काठमाडौंसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको हो ।
पुलको धादिङ तर्फको भू-भाग खहरे खोलाले बगाएपछि सडक र पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए ।
मौवाखोलामा आएको बाढीले करीब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ । सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ । मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ । सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ । कुरिनटार, चोर खोला लगायतका स्थानमा पनि पहिरो खसेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार