मेलमिलापको नीति कांग्रेसले बिर्सन थाल्यो : नेता भण्डारी
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १७:५:१२
६ साउन, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति कांग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका छन् । अठतीसौँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बीपीको सम्मान नहुने बताए ।
नेता भण्डारीले भने, “बीपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।” बीपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बीपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिए ।
नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पु¥याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर कांग्रेस बलियो नहुने तर्क गरे । “आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ”, नेता भण्डारीले भने ।
काँग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बीपीले पु¥याएको योगदान सधै अविष्मरणीय रहने बताए । “बीपीको लोकतन्त्रप्रतिको निष्ठा सधै अविचलित रहिरहन्छ, बीपीप्रतिको निष्ठा जोगाउन कांग्रेसका कार्यकर्ता लाग्नुपर्छ”, उनले भने । बीपी स्मृतिको दिवसमा नेपाली काँग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिए । सो क्रममा आँप, बेल, अशोक, कपुरलगायतका २२५ बिरुवा रोपिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार