लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार १८:१९:९
६ साउन, लमजुङ । बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् ।
विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरुष रहेका छन् । महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन् । सोहीमध्ये ३२ जना कैदी पुरुष र छ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरुष रहेको जिल्ला कारागारले जनाएको छ ।
कारागारका जेलर विष्णुप्रसाद पौडेलले भने, “यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानूनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाको लागि मात्रै उपयुक्त देखिन्छ । पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुजार्न निकै सास्ती भएको कैदीबन्दी बताउँछन् ।
गर्मीले सास्ती बनाउनुका साथैै बर्खायाममा परेको यतिबेलाको वर्षाले कारागारको भित्ता रसाएर ओछ्यानमै छिर्ने गर्नाले समेत सुत्न निकै कठिनाइ भइरहेको करिब आठ वर्षदेखि कैद सजय भोक्दै आएका मानबहादुर परियारले बताए । त्यति मात्र नभई, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कति बेला भत्किएर ज्यान लिन्छ कि भन्ने क्रासै क्रासमा दिनरात बताउँदै आएको कैदीबन्दीको भनाइ छ ।
गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत् हुने गरेको छ । धेरै जना कैदीबन्दी भएकाले शौचायलय जानलाई समेत पालो कुरेर बस्नुपर्ने त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको आठ वर्षदेखि कैद सजाय भोग्दै आएका जीतबहादुर अधिकारीको भनाइ छ । कोरोनाको महामारीको त्रासमा समेत सामाजिक दूरी कायम गरी सुत्न नपाएकाले कोरोना सङ्क्रमणको जोखिम रहेको कैदीबन्दीले बताएका छन् ।
सम्बन्धित निकायबाट यस कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर २०७४ सालमा माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ ।
विंस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेँसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको यस कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन । थप व्यवस्थित, कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुनुका साथै जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार