प्रभाष र दीपिका एकसाथ पर्दामा
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार २१:४९:१
६ साउन, एजेन्सी । साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । यी दुई कलाकारलाई एकसाथ पर्दामा ल्याउने काम निर्देशक नाग अश्विनले गर्न लागेका हुन् । अश्विनले निर्देशन गरेको ‘महानती’ चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो ।
यो प्रभाषले अभिनय गर्न लागेको २१ औं चलचित्र हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ ।
यो चलचित्रलाई तेश्रो विश्वयुद्धको कथामा तयार पारिनेछ । यो चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । यो चलचित्रलाई हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिनेछ ।
चलचित्र ‘बाहुवली र बाहुवली २’ रिलिज भएपछि भारतमा मात्र नभएर विश्व बजारमै प्रभाषको क्रेज चुलिएको छ । प्रभाषले अभिनय गरेको चलचित्र ‘साहो’ बक्स अफिसमा आशातित रुपमा नचलेपनि उनको क्रेज पनि निकै देखिएको थियो । दीपिका र प्रभाषको यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार