चन्दा सङ्कलन गरेर पीसीआर मेशिन जडान
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार २१:५९:३४
६ साउन, झापा । पामा समुदायबाट सङ्कलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ ।
कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिए ।
मुलुकमै समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पीसीआर ल्याब हो । यसका लागि रु एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तरराष्ट्रिय झापाली समाज एक्लैले रु २५ लाख योगदान गरेको छ । “सम्पूर्ण उपकरण आइपुगेको छ”, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने, “आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरु हुनेछ ।”
अभियानले पिसिआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताए। प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रदेश नं १ मै झापामा कोडिभ–१९ का सङ्क्रमित ज्यादा भए तापनि सङ्क्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो ।
अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौंको जयश्री श्याम कम्पनीबाट पीसीआर ल्याबका उपकरण आयात खरीद गरिएको बताए । उपकरणमा रु ८५ लाख खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ ।
पीसीआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उनले बताए । उपकरण जडानका लागि काठमाडौंबाटै इञ्जिनीयर आएका छन् । कोरोना महामारीसँग लड्न निजी क्षेत्रले पीसीआर ल्याब स्थापना नै गरेकामा झापा जिल्लावासी हर्षित भएका छन् । सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार