बजारमा दोश्रो दिन पनि बिक्री चाप, आजको घटाईलाई कसरी बिश्लेषण गर्ने ?
आर्थिक संवाददाता
साउन ६, २०७७ मंगलबार २३:५:५१
६ श्रावण , काठमाडाैं । बिक्री चाप आउँदा आज लगातार दोश्रो दिन पनि शेयरबजार घटेको छ । नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशतले घट्दै बजार बन्द भएको छ । नेप्से परिसूचक १४४९.९४ को विन्दुमा बन्द भएको छ ।
कारोवार रकम १ अर्ब ८७ करोड रहेको छ । हिजो २ अर्ब ८० करोड माथि शेयर कारोवार भएकोमा आज बजार घट्दा कारोवार रकम कम हुनुलाई सकारात्मक मानिएकाे छ । हिजोको तुलनामा आज बिक्री चाप कम भएको विश्लेषण गर्न सकिन्छ ।
आज बजार १४७२.२० को विन्दुमा खुलेकोमा ११ बजेर ४० मिनेटमा १४७९.३०को उच्च विन्दु समातेको थियो । त्यस्तै आज बजारले ११ बजेर २० मिनेटमा १४४४.५० को न्यून विन्दु समातेको थियो ।
आज हिमालयन डिस्टिलरीको सर्वाधिक १४ करोड २५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । एनआईसी एशिया लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । आज ३ कम्पनी एनआईसी एशिया लघुवित्त, श्री राम सुगर मिल्स र सम्वृद्धि फाइनान्सको बजार मुल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । त्यस्तै हिमालयन दोलखा पावर र गुराँस लघुवित्तको बजार मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ।
आज चार उपसुचक ट्रेडिङ्ग, होटल, उत्पादन तथा प्रोसोधन र म्युचुअल फण्डमा मात्र वृद्धि देखिएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा भने गिरावट आएको छ।
प्राविधिक बिश्लेषण :
?आज कारोबारको पहिलो समयमा बजारमा निकै उतारचढाब रहेको थियो । आज बजार घट्दो प्रवृत्तिमा रहेको छ । आजको बजार प्रवृत्तिले बियरिस मैनबत्तीको चित्र बनाएको छ । यसले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
?दैनिकी अवधिमा “आरएसआई” ६२ दशमलब १० को बिन्दुमा छ । यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
?“एडीएक्स” ले क्रेताको चाप हुन थालेको र जोड /बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
?“अन ब्यालेन्स भल्यूम” ले बजारमा विक्रेताको चाप भएको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १४८० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४४४ को क्षेत्रमा पाउने देखिन्छ।
नेपाल बहसले हिजो गरेको बजार बिश्लेषण हेर्न यहाँ क्लिक गर्नुस
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार