धनुषा र महोत्तरीमा देखियाे, आँपका रूख सुक्दै जाने रोग
नेपालबहस संवाददाता
साउन ६, २०७७ मंगलबार २३:३५:५९
६ साउन जनकपुधाम । धनुषा र महोत्तरी जिल्लामा आँपका रूख सुक्दै गएको रोग देखिएको छ । आँपका रूखमा माकुराजस्तो जालो देखिएपछि रूख सुक्दै जाने क्रम बढ्दै गएको देखिएको छ ।
किसानका अनुसार शुरुमा माकुराको जालो देखिएपछि क्रमशः रूख नै सुक्ने रोगका कारण धनुषा र महोत्तरी जिल्लाको दक्षिण भेगका आँपका बगैँचा उजाड भएको छ ।
अगुवा किसान रामसोगारथ यादवले जालो लागेका रूखमा औषधि छर्किंदा पनि रूख सुक्ने क्रम नरोकिएको बताउछन् । आँपमा जालो लगाउने किराले रूखको पात खाइदिने गरेका कारण समस्या भयावह हुँदै गएको किसान सरयुग पासवान स्पष्ट गरे ।
धनुषा र महोत्तरी जिल्लाका हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको आँपका रूखमा यो समस्या भयावह भएको बताइन्छ । तथ्याङ्कअनुसार धनुषामा तीन हजार २३८ हेक्टर र महोत्तरी जिल्लामा एक हजार ७१० हेक्टरमा आँपको खेती हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साह किसान सजग भएमा यसलाई न्यूनीकरण गर्नसक्ने बताउनुहुन्छ । उनका अनुसार जोलोका कारण औषधि छर्किदा असर नपरेकाले किसानले आफू अनुकूल साधनले जालोलाई नष्ट गर्नु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगंजमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार