वन पुनःस्थापना अभियान, २८ हजार बिरुवा रोपियो
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १४:५:४७
७ साउन दाङ । वन पुनःस्थापना अभियानअन्तर्गत मङ्गलबार घोराही उपमहानगरपालिका–२ स्थित गौरी सामुदायिक वनमा वृक्षरोपण गरिएिको छ । वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उद्देश्यले ६० बिघा क्षेत्रफलमा २८ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
‘चुरे पुनःस्थापन अभियान सफल पारौँ’ भन्ने मूल उद्देश्यले वृहत्तर वृक्षरोपणअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधिसभाका सांसदसम्मले एकैपटक सो क्षेत्रमा वृक्षरोपण गरेका छन् । मौवा, आँप, खयर र बाँसका गरी करिब २८ हजार बिरुवा रोपिएको हो । भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा बिरुवा रोपिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ ।
विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा वृहत्तर वृक्षरोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले बताए । उनले यो अभियानअन्तर्गत यस वर्ष १६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना गरिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार