पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ-डेढ लाख
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १४:४१:३५
७ साउन वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको रु एक लाख र प्रदेश सरकारको रु ५० हजार गरी प्रतिपरिवार रु एक लाख ५० हजारका दरले रु छ लाख र गल्याङ नगरपालिका–९ साङ्लियाका एक परिवारलाई रु ५० हजार राहत मङ्गलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराए ।
गल्याङ–९ साङ्लियाको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले रु एक लाख उपलब्ध गराएका थिए । मङ्गलबार नै मन्त्री चुमानले कालीगण्डकी गाउँपालिकामा चार जनाको ज्यान जाने गरी आएको पहिरोको स्थालगत अवलोकन तथा निरीक्षणसमेत गरे ।
गत असार ३० गते कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको पहिरोमा पुरिएका तीन जनाको शव फेला परेसँगै सामूहिक अन्त्येष्टि गरिएको थियो भने एक जनाको एक हप्ता बित्दा पनि अझै शव फेला पर्न सकेको छैन । पहिरोमा पुरिएको शव फेला पार्न नसकेपछि सोमबार कुशको शव बनाएर कालीगण्डकीमा अन्त्येष्टि गरिएको कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले बताए ।
पहिरोमा पुरिएर कालीगण्डकी गाउँपालिका–४ साविक बिर्घागाउँ विकास समितिका अध्यक्ष इमानसिंह राना, स्थानीय जिमानसिंह थापा, टीकाबहादुर थापाको मृत्यु भएको थियो भने स्थानीय प्रेमचन्द्र पाण्डेको शव अझै फेला पर्न सकिएको छैन । असार १३ गते घरमाथिबाट झरेको पहिरोले घर भत्किँदा गल्याङ नगरपालिका–९ साङ्लियाका यमबहादुर विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार