अर्जुनधाराका ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १५:१४:७
७ साउन, झापा । को अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ । नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो । नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडाले कृषकलाई उक्त मेसिन हस्तान्तरण गरे।
नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको नगरप्रमुख रानाले बताए । “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको हो”, उनले भने । नगरपालिकाको लागत साझेदारीमा १४ कृषकलाई ‘मिल्क क्यान’ पनि प्रदान गरिएको छ । त्यस्तै नगर क्षेत्रका अतिविपन्न २० कृषकलाई नगरपालिकाले निःशुल्क कुटी काट्ने मेसिन प्रदान गरेको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार