पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो :मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १६:३३:३१
७ साउन वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही अन्त्य गर्नुपर्छ भन्ने उनको जोडले सफलता पाएको धारणा राखेका छन् ।
“नेपाली कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदान सदा स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा उनीप्रति उच्च सम्मानसहित हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।
“विशेषगरी प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा उनको जोड रहेको थियो । आज देश अनेक विषमतालाई छिचोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आएको छ । विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र मजबुत हुँदै करिब दुईतिहाइ मतसहित शासनको नेतृत्व गरिरहेको छ । उनले सारेको विचारको जगमै यी परिवर्तन सम्भव भएको हो ।
राजनीतिक सङ्घर्षबाट शासनको नेतृत्व गर्ने तहसम्म आइपुग्दा निश्चय नै हाम्रो कार्यभारहरु बदलिएको छ । त्यसैले राजनीतिक सङ्घर्षबाट प्राप्त परिवर्तनहरु जनताले आफ्नो दैनिक जीवन व्यवहारमा महसुस गर्ने अवस्थाको सिर्जना गर्नु हाम्रो प्रमुख दायित्व हो । यसर्थ सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्प गरेको छ”, मुख्यमन्त्री पौडेलले भनेका छन् ।
“आजको सन्दर्भमा पुष्पलालले भनेको जस्तै राष्ट्रियता, जनजीविका, सामाजिक न्यायलगायतका मुद्दाहरुमा देशभित्रका सबै पक्षहरु एकढिक्का हुँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सक्दा मात्र इतिहासले सुम्पिएको कार्यभार पूरा गर्न सकिन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सक्दा मात्र जनताको परिवर्तनका आकाङ्क्षालाई सम्बोधन गर्न सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पुनः उनीप्रति हार्दिक सम्मान एवं श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार