समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलालप्रतिको सम्मान : खनाल
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार १६:४४:४८
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।
आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताएका ह्न । उनले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न नहुने बताए ।
“ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक पुष्पलाल हुनुहुन्छ”, उनले भने, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले देशको संविधान निर्माण गरेका छौँ । नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरुलाई एकीकृत गरेर सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरेका छौँ ।”
नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनले ७१ वर्ष पार गर्ने क्रममा प्राप्त भएका असाधारण उपलब्धिसँगै चुनौती पनि रहेकाले ती चुनौतीसँग जुध्न पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको स्पष्ट पारे ।
आजकै दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतलामा उपचारका क्रममा निधन भएको थियो । उनको सक्रियतामा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो ।
आज देशभरि विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाउन थालिएको छ । उनले बाढीजस्ता प्राकृतिक विपद्को सामना गर्दै प्रभावित नागरिकको जीवनरक्षा गर्न, उद्धार र राहतमा प्रभावकारी ढङ्गले जुट्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार