पूर्व केन्द्रिय सदस्य भन्छन :- कांग्रेस नेतृत्व नै आदर्श, विचार र सिद्धान्तलाई समाप्त गर्न लागेको छ
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ४:३०:४
◊ धीरुभाइ
६ साउन, सप्तरी । कांग्रेस नेतृत्वबाटै आदर्श, विचार र सिद्धान्तलाई समाप्त गर्न लागेको आरोप नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरीले लगाए । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका स्थित महावीर माध्यमिक विद्यालयमा बीपी कोइरालाको ३८ स्मृति दिवसको अवसरमा मंगलबार आयोजित अन्तरक्रिया तथा बृक्षारोपन कार्यक्रममा उनले यस्तो बताए ।
अन्तरक्रिया मा नेता चौधरीले पार्टीको महाधिबेशनको तिथि तय भइसकेको अवस्थामा मनोनय गरेर चुनावी प्रक्रियालाई प्रभाव पार्न खोजेको आरोप लगाए । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिबेशनको पूर्वसध्यामा आफ्नो पकड बनाउन मनोनयनको बाटो रोजेको भन्दै पूर्व राज्यमन्त्री चौधरीले भने, पार्टीलाई गलत दिशामा जान नदिन आन्तरिक द्वन्द्वबाट मुक्त बनाउनु पर्छ । र, बीपीको आदर्श, सिद्धान्त र विचारलाई जिवित राख्न सशक्त रुपमा अगाडी बढ्नु पर्दछ ।
वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकोले कोरोनाको महामारी, बाढी पहिरोका कारण समस्यामा परेका जनताप्रति सरकार निरिह सावित भएको उनले बताए । सरकार पूर्ण रुमा असफल भएकै कारण जनतामा निराश छाएको उनको कथन थियो । क्षेत्र नम्बर १ को सभापति बद्री महत्मान यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला नेता रामदेव साहले बीपीको स्मृति दिवस मनाउने तर उनको सिद्धान्त, विचारलाई आत्मसात नगर्ने परिपाटी पार्टीको केन्द्रिय नेतृत्वमा रहेको बताए ।
सो कार्यक्रममा नेपाली कांग्रेस नेताहरु हेमनारायण चौधरी, ललनप्रसाद गुप्ता, हनुमाननगर व्यापार संधका अध्यक्ष तथा कांग्रेसका जिल्ला सदस्य हेमन्त जैन, रन्जन साह, रामअवतार यादव लगायतले बीपीको मार्गमा चल्न सकिएमा काँग्रेस एक ढिक्का हुने बताए । अन्तक्र्रियापछि विद्यालयका प्राङ्गणमा निम, जामुन, गमहाइर लगायत विभिन्न जातको बृक्षहरु रोपेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार