नेपाली कांग्रेसलाई बीपी स्मृति दिवस मनाउने अधिकार छैन : भट्टराई
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ४:३६:५१
६ साउन, काठमाडौं । ३८ औं वि पि स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बीपीले अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस केन्द्रिय समितिले गोङगबु आवासीय क्षेत्र सामाखुसीमा ‘वर्तमानमा बीपी विचारको सान्दर्भिकता’ विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
पार्टी सभापति हरिबोल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद प्रदिप गिरिले नेपाली काँग्रेसले उदारीकरणको नाममा बीपीको समाजवादी नीति छाडेकाले नेपाली कांग्रेसलाई बीपीवादी भन्न लाज भएको बताए । कार्यक्रमका प्रमुख अतिथि गिरिले राष्ट्रपतिले प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउदै निर्णय गर्ने गरेको भन्दै राष्ट्रपतिको भुमिका माथी प्रश्न चिन्ह खडा भएको पनि बताए ।
नेकपाले प्रधानमन्त्रीको भुमिकामा संसदमा राजीनामा माग्न नसकेर टुलिखेलमा दुई सय संसदहरु जम्मा गरेर केही नहुने बताउदै नेकपाले प्रधानमन्त्रीको राजीनामा मागेको केटाकेटी खेल भएको बताए ।
साथै नेपाली कांग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यहार देखाएको बताए । यस्तै कार्यक्रममा नेकपा मालेका पोलिटव्युरो सदस्य कुमार श्रेष्ठ, नेकपा संयुक्तका सचिवालय सदस्य मधु बीसी मल्ल, नेपाल प्रजातान्त्रिक पार्टीका राजेश्वर श्रेष्ठ, सर्वहारा कम्युनिष्ट माओवादीको भावना विद्रोही, समाजवादी पार्टीका प्रतिनिधि तथा अध्यक्षहरुले बीपीको समाजवादको चर्चा गरेका थिए ।
कार्यक्रममा नेकपा मालेका पोलिटव्युरो सदस्य श्रेष्ठले नेपाली कांग्रेसले बीपी विचार छोडेकोले अबको वीपीवादी पार्टी भनेको नै नेपाली कांग्रेस बीपी भएको र जनताले यसैलाई साथ दिनुपर्ने र दिन्छन् भन्ने विश्वास लागेको बताए ।
यस्तै नेपाली कांग्रेस बीपीका पार्टी सभापति हरिबोल भट्टराईले संसदको अधिवेशन अन्त्य गर्दा संविधानको मर्म विपरीत जादा नेपाली कांग्रेस निरीह भएको बताए । उनले सरकार संसदको अधिवेशन अन्त्य गर्दा राष्ट्रियसभा बैठक चलिरहदा अन्त्य गरेको भन्दै नेकपाको सरकार तानाशाह प्रवृत्तितिर अगाडी बढेको भन्दै सरकारलाई खबरदारी गर्ने बेला आएको बताए ।
भट्टराईले सरकार यसैगरी तानाशाह प्रवृत्तितिर जादै गर्दा नेपाली कांग्रेस कहाँ छ ? भनेर प्रश्न गर्दै बीपीको विचार सहित देश परिवर्तनमा आफ्नो पार्टी लागि पर्ने पनि बताए । आफुहरु नेपाली कांग्रेससहित मिल्ने कुरा नरहेको भन्दै आफुहरु पदको भोगी नभएको र नेपाली कांग्रेसले बीपी बिचार छाडेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा गएकोले उनीहरुलाई बीपी स्मृति र जयन्ती मनाउने अधिकार नभएको पनि टिप्पणी गरे ।
उनले नेपाली कांग्रेस बीपीको सिद्धान्तमा आउन नसक्ने र त्यही कारण आफ्नो पार्टी नेकपा एकिकरण हुन नसक्ने बताउदै नेपाली राजनीतिमा बीपीको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बीपीको आदर्श पछ्याउने नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार