मञ्जु र मीनाको ‘तीजैमा’ आउ नाचौँ दिदिबहिनी
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार २१:४:४०
७ साउन, काठमाडौं । कोरोना संक्रमणको जोखिम र यसका कारण लगाइएको लकडाउनका कारण यस वर्ष तीज गीत प्रभाजित हुने अनुमान गरिए पनि तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतसंगीत सार्वजनिक हुने क्रम बढिरहेको छ। हालसम्म करिब ४ सय तीज गीत सार्वजनिक भइसकेका छन्।
वर्षदिनभरि जति दुःख भए पनि तीजको एक दिन नाचेर, हाँसेर भए पनि आफ्नो मनलाई खुसी बनाउने चेलीबेटीको चलनलाई लिएर गायिका मञ्जु पौडेल र मीना निरौलाले पनि तीज गीत सार्वजनिक गरेका छन्। पौडेल र निरौलाको संयुक्त स्वरमा तयार पारिएको तीजैमा बोलको तीज गीत सोमबार सार्वजनिक गरिएको हो।
मञ्जु र मीना यो गीतमा गत वर्षहरू भन्दा फरक तरिकाले प्रस्तुत भएका छन्। गीतलाई मौलिकतासँगै आधुनिकतामा पनि बदलिएको छ। मञ्जु र मीनाले बजारमा आइरहेका अन्य तीज गीतभन्दा फरक रूपमा यसलाई पस्किएका छन्। गायिका मञ्जु पौडेलको संगीत एवं दिग्गज द्यौरालीको शब्द रहेको गीतमा निरज श्रेष्ठले संगीत संयोजन रेहेको छ। गीतलाई लोक आधुनिक शैलीमा प्रस्तुत गरिएको छ।
तिजैमा गीतमाथि म्युजिक भिडियो पनि तयार पारिएको छ। म्युजिक भिडियो दुर्गा पौडेलले छायांकन तथा निर्देशनमा तयार पारिएको छ। नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोमा गायिका मीना निरौला र मञ्जु पौडेलको साथमा इन्दु, रश्मी र भावनालाई फिचरिङ गरिएको छ। भिडिया बीएमएस फिल्म्सबाट सार्वजनिक गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार