मास्क प्रयोग नगर्नेबाट रु एक लाख पाँच हजार राजश्व
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार २२:३९:३
७ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो ।
कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताएका छन् ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ । त्यसबाट रु पाँच लाख ८९ हजार ५०० राजश्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार