कांग्रेस नेतृत्वमा युवापुस्ताको दावी ! कति सम्भव छ ? के भन्छन् युवा नेताहरु ?
कुसुम सेञ्चुरी
साउन ८, २०७७ बिहिबार २१:३०:२०
८ साउन, काठमाडौं । आकारमा मात्रै नभई प्रभावमा समेत भुत्ते देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनले कस्तो नेतृत्व स्थापित गर्ला ? अहिले प्रजातन्त्रप्रति आस्था राख्ने धेरैको चिन्ता र चासोको विषय यही हो ।
नेपाली जनताले बाम गठबन्धनलाई दुुई तिहाई समर्थनका साथ सत्ता सुम्पिएपनि भागवण्डा र लुछाचुँडीमै रुमल्लिएका नेकपा नेताहरुको पछिल्लो व्यवहारबाट सर्वत्र निराशा र आक्रोश थपिएको छ । त्यसैले विकल्पमा फेरि पनि नेपाली कांग्रेस नै खोज्ने अवस्थामा आम नागरिक पुगिसकेका छन् । तर समस्या भने अहिलेको नेतृत्व मै रहेको छ । कांग्रेसको नेतृत्वप्रति जनतामा खासै रुची र आकर्षण भने छैन । त्यसैले नयाँ पुस्ताको सक्रियता र नेतृत्वका लागि आम नागरिकमा चासो थपिएको अवस्था छ ।
त्यसो भए आसन्न महाधिवेशनमा युवा पुस्ताले नेतृत्व दावी गर्ला त ? कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता गुरुराज घिमिरे भन्छन्– कार्यकर्ताको चाहना र भावनालाई सर्वाेपरि ठान्ने हो भने त्यो सम्भावना बलियो छ । यद्यपि यसका लागि युवा पुस्ताका नेताहरुबीच छलफल भने जारी रहेको उनले खुलासा गरेका छन् ।
नेपाली कांग्रेसमा पुराना पुस्ताका नेताहरुमा अब कुनै आकर्षण नै नरहेको हो त ? नेता घिमिरे भन्छन्– सबै कुराको एउटा चक्र हुन्छ, पुराना पुस्ताका नेताहरुले लामो समय दुख गर्नुभएको हो र सोही अनुसारको अवसरपनि पाउनुभएको छ । अब पुरानो सोच र उर्जाले नयाँ चुनौतीको सामना गर्न गाह्रै हुन्छ, त्यसैले नयाँ पुस्ताको काँधमा बन्दूक भिराएर पुराना नेताले योजना बनाउने काम मात्रै गर्दा राम्रो ।
देउवा र पौडेलले नै फेरि पनि नेतृत्व गर्ने हठ गरे भने युवा पुस्ताको केही लाग्दैन भन्दै उनी अहिले गगन थापा तहको नेतृत्व भन्दा एक तहमाथिको नेतृत्व चाहिं सञ्जिवनी हुन सक्ने तर्क दिन्छन् । देउवा पौडेलको युग अब छैन, बरु डा.शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा.शशांक कोइराला वा विमलेन्द्र निधि या प्रकाशमान सिंहले नेतृत्व गरेको कांग्रेसमा युवा पुस्तालाई समेट्न सकियो भने कांग्रेस बौरिन सक्छ– आचार्यको भनाई छ ।
पुराना पुस्ताका नेतामा धेरै नै अनुुभव र ज्ञान छ, त्यो नयाँ पुस्ताका नेताहरुसँग घुलन गरेर अगाडि बढ्दा उर्जाशील कांग्रेस बन्न सक्ने युवा नेता घिमिरेको धारणा छ । त्यसैले नयाँ पुस्ताले नै कांग्रेस हाँक्ने ल्याकत राख्छ भन्ने सन्देश दिनसमेत केही न केही त गर्नैपरेको उनको तर्क छ । अचम्म नमान्नु होला आगामी महाधिवेशनमा युवा पुस्ताको मात्रै बेग्लै प्यानल बन्न सक्छ – घिमिरे भन्छन् ।
उता, अर्का चर्चित युवा नेता गगनकुमार थापासमेत आगामी अधिवेशनमा नेतृत्वमा दावी गर्न थालिसकेका छन् । यद्यपि उनले औपचारिक रुपमा घोषणा नगरेपनि आगामी सभापतिको उम्मेदवारका रुपमा नाम अगाडि सारेका छन् । कांग्रेसमा युवा पुस्ताको आकर्षण नभएसम्म बामपन्थीलाई परास्त गर्न गाह्रो भएकाले यस्तो अवस्था आउन सक्ने संकेत गरेको उनी निकटहरुको तर्क छ ।
यति हुँदापनि पुराना पुस्ताका नेताहरु भने नेतृत्व हस्तान्तरण गर्ने हिम्मत र उदारभाव देखाउन सकेका छैनन् । वर्तमान सभापति शेरबहादुर देउवा अर्काेपटकपनि नेतृत्व हत्याउने हतकण्डा बनाइरहेका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको चाहनापनि एकपटक नेपाली कांग्रेसको सभापति बन्ने रहेको छ । उमेरले आठ दशक नजिक रहेका यी नेताहरु अहिलेपनि नेतृत्व परित्याग गर्ने पक्षमा छैनन् ।
यी नेताले नै फेरि पनि नेतृत्व गर्ने चाहना गर्दा युवा पुस्तामा हस्तान्तरण भइहाल्ने अवस्था दुरुह रहेको ठान्छन् राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । देउवा र पौडेलले नै फेरि पनि नेतृत्व गर्ने हठ गरे भने युवा पुस्ताको केही लाग्दैन भन्दै उनी अहिले गगन थापा तहको नेतृत्व भन्दा एक तहमाथिको नेतृत्व चाहिं सञ्जिवनी हुन सक्ने तर्क दिन्छन् । देउवा पौडेलको युग अब छैन, बरु डा.शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा.शशांक कोइराला वा विमलेन्द्र निधि या प्रकाशमान सिंहले नेतृत्व गरेको कांग्रेसमा युवा पुस्तालाई समेट्न सकियो भने कांग्रेस बौरिन सक्छ– आचार्यको भनाई छ ।
यस्तै धारण राख्छन् अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल । अब कांग्रेसलाई चलायमान बनाउने हो भने युवा पुस्ताको सहभागिता नेतृत्व तहमा हुनैपर्छ – पौडेल भन्छन् । आम जनता र कार्यकर्ताको चाहना नै युवा पुस्ताको नेतृत्वको कांग्रेस रहेकाले त्यसको विकल्पमा जाने अवस्था नरहेको उनको ठम्याई छ । तर मूलनेतृत्व नै गर्ने अवस्थामा आफ्नो पुस्ता तयार भइसकेको चाहिं उनी पनि मान्दैनन् । अहिले पुरानो पुस्तालाई थान्कोमा राखौं, दोस्रो पुस्ताको नेतृत्वमा युवा पुस्तालाई समेट्ने काम गरियो भने कांग्रेस आगामी निर्वाचनमा पहिलो स्थानमा पुग्ने उनको तर्क छ । कांग्रेसलाई युग सुहाउँदो नेतृत्वको आवश्यकता छ, त्यसका लागि आगामी महाधिवेशनले परिपूर्ति गर्नसक्नुपर्छ – उनी भन्छन् ।
यसैगरी नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारी पनि युवा पुस्तालाई उपयुक्त जिम्मेवारी दिने बेला भईसकेको धारणा राख्छन् । कांग्रेसलाई जुझारु र दुरुस्त राख्न युवा पुस्ताको सक्रियता र सहभागिता व्यापक बनाइनुपर्ने उनको भनाई छ ।पुरानो पुस्ताका नेताको सल्लाह बमोजिम युवा पुस्तालाई परिचालन गर्ने हो भने अब कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने उनी बताउँछन् । नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्यो भने नेपालमा बामपन्थी एकादेशको कथा हुने नेता भण्डारीको धारणा रहेको छ । त्यसैले पार्टीको जिम्मेवार पदमा अब युवा पुस्तालाई जाने वातावरण स्वयं पाका नेताहरुले बनाइदिनुपर्ने उनको विचार रहेको छ ।
यस्तै धारणा राख्ने अर्का नेता हुन् – भूपेन्द्रजंग शाही । नेपाली कांग्रेसलाई नयाँ शीराबाट लैजान र आम नेपालीको भावनाको सम्मान गर्नका लागि भएपनि अब युवा पुस्तालाई नेतृत्व सुम्पनुपर्ने उनी बताउँछन् । कम्युनिष्टसँग लड्न त्यही खालको उर्जा र शक्ति आवश्यक छ, जो युवा पुस्तामा रहेको छ – युवा नेता शाही भन्छन् । पुराना पुस्ताका नेताले पार्टीलाई पुनर्जीवन दिने हो भने यो अचूक अस्त्र भएको उनी ठान्छन् । त्यसैले आगामी फागुनमा हुने पार्टीको १४ औं महाधिवेशनमा शाहीले कर्णाली प्रदेशको प्रदेश सभापतिमा आफ्नो उम्मेवारी घोषणा गरेका छन् ।
तर सरोकारवालाहरु भने कोरोना कहर र समयको चापले आगामी फागनुमा महाधिवेशन गर्न सहज नभएको मान्छन् । पार्टी पदाधिकारीहरु भने जसरी भएपनि अधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले विकल्पमा जाने अवस्था नरहेको प्रतिक्रिया दिइरहेका छन् ।
त्यसका लागि यही साउनदेखि सक्रिय सदस्यताको नवीकरण र नयाँ सदस्य थप गर्ने काम धमाधम थाल्ने कार्यतालिका रहेको छ । शहरी क्षेत्रमा अनलाइनको प्रयोगबाट नवीकरणका काम भएको तर ग्रामीण क्षेत्रमा भने त्यो सम्भव देखिंदैन ।
जसरी भएपनि फागुनमा अधिवेशन सम्पन्न गनैपर्ने बाध्यात्मक अवस्था रहेकाले काम गर्नैपर्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार