सत्याग्राही युवाहरुको माग पूरा गर्न राप्रपा अध्यक्ष राणाको सुझाव
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार २१:११:४२
८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा जवराले सत्याग्रही युवाहरूसँगको संझौता सरकारले अविलम्ब पालना गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै राणाले सरकार आफ्नो बचन र निष्ठामा अडेर नागरिकका माग पूरा गर्नुपर्ने बताए ।
‘सरकारले संझौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठ बिना खाना पानी सत्याग्रहमा बसेको,’ राणाले बिहीबार ट्वीट गर्दै भनेका छन, ‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन । बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ । यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ ।’
कोरोना रोकथाम गर्नका लागि पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने माग गर्दै ‘इनफ इज इनफ’ अभियान संचालन गर्ने क्रममा युवाहरुले १२ दिन आमरण अनसन बसेका थिए । त्यतिबेला सरकारले उनीहरुका माग सम्बोधन गर्न १२ बुँदे सम्झौता गरेको थियो ।
तर सरकारले सम्झौता पूरा नगरेपछि फेरि युवाहरु फेरि बसन्तपुरमा आमरण अनसनमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार