लगानीकर्ताको मनोविज्ञान सकारात्मक, ईण्ट्राडे चार्ट “बुलिस”
आर्थिक संवाददाता
साउन ८, २०७७ बिहिबार २२:५०:५३
८ श्रावण , काठमाडाैं । केही दिनदेखि लगातार घटेको शेयरबजार आज भने सकारात्मक मनोविज्ञानका साथ बन्द भएको छ । नेप्से परिसूचक ० दशमलव ७१ प्रतिशतले बढ्दै बजार बन्द भएको हाे । नेप्से परिसूचक १४४२.६१ को विन्दुमा बन्द भएको छ । कारोवार रकम १ अर्ब ३२ करोड माथि रहेको छ । आज १८७ कम्पनीका शेयरहरु किनबेच भएको छ।
आज बजार १४३४.०९ को विन्दुमा खुलेकोमा ११ बजेर ४४ मिनेटमा १४१७.३२ को न्यून विन्दु समातेको थियो । त्यस्तै बजारको उच्च विन्दु र अन्तिम विन्दु एउटै रहेको छ। आजको यो प्रवृत्तिलाई सकारात्मक मानिन्छ। आजको ईण्ट्राडे चार्ट बुलिस रहेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीकाे सर्वाधिक ११ करोड ३२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ। तारागाउँ रेजेन्सी होटल्स र मिर्मिरे लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मल्टी पर्पोज फाईनान्सको शेयर मूल्य सर्वाधिक ५ दशमलव ३६ प्रतिशतले सर्वाधिक घटेको छ।
आज विकास बैंक र म्युचुअल फण्डमा मात्र गिरावट आएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा भने सामान्य वृद्धि आएको छ ।
प्राविधिक बिश्लेषण :
? प्रतिरोध २ः १४८० प्रतिरोध १ः १४४८ टेवा १ः १४१७ टेवा २ः १४००
? आजको कारोबारले बजार बढ्दो प्रवृृत्तिमा रहेको जानकारी गराएको छ। आजको बजार प्रवृत्तिले हतौडा मैनबत्तीको चित्र बनाएको छ। यसले बजारको पहिलो समयमा विक्रेताको चाप रहे पनि अन्तिम समयमा क्रेताको चाप रहेको जानकारी गराएको छ र बजारले टेवा प्राप्त गरेको हुन सक्ने जानकारी गराएको छ।
? दैनिकी अवधिमा “आरएसआई” ६० दशमलब ४३ को बिन्दुमा छ। यो अक्सिलेटरले बजार हालसम्म सकारात्मक रहेको जानकारी दिएको छ ।
?“एडीएक्स” ले क्रेताको चाप हुन थालेको र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले प्रभावकारी जानकारी दिएको छैन।
? “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप पुन हुन थालेको जानकारी गराएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार