संविधान नै धरापमा पर्दा समेत देउवा सत्ताको मोलाहिजामा लागेको नेता केसीको आरोप
नेपालबहस संवाददाता
साउन ८, २०७७ शुक्रबार २:५३:१९
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिंहदरवारको निहित स्वार्थमा राष्ट्रपतिले चालेका कतिपय असंवैधानिक क्रियाकलापले लोकतान्त्रिक संविधान नै धरापमा पर्न थालेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुक र टुवीटरमा प्रतिक्रिया लेख्दै नेता केसीले भनेका छन् “सम्मानित तथा संवैधानिक राष्ट्रपति निर्विवाद, सर्वमान्य, साझा संस्था र राष्ट्रिय एकताको प्रतीक भएर आफ्नो मर्यादामा रहनुपर्छ । तर सिंहदरवारको निहित स्वार्थको इच्छामा सत्तारुढ पार्टीको गुटविशेषको लागि राष्ट्रपतिका कतिपय असंवैधानिक राजनीतिक गतिविधिले गम्भीर विवाद उठाउन थालेपछि संविधान धरापमा पर्न थालेको अनुभव टडकारो हुँदैछ ।”
कार्यपालिका, न्यायपालिका, संसद, संवैधानिक अंगहरूको स्वतन्त्र, संवैधानिक जिम्मेवारी र कर्तव्य संविधानको अक्षर र भावनाअनुरुप पूर्ण इमान्दारीका साथ पालन गर्नु–गराउनु पनि राष्ट्रपतिको अनिवार्य जिम्मेवारी भएको नेता केसीको तर्क छ ।
नेता केसीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रति कटाक्ष गर्दै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले देउवाले निर्वाह गर्नुपर्ने बिरोधी धार र खवरदारीको भूमिका निभाउन नसकेको आरोप लगाएका छन् ।
नेता केसीले प्रतिपक्षी दलले निर्वाह गर्नुपर्ने विरोधी धार र खबरदारीको भूमिका पुरा नगरी सत्ताको मोलाहिजा, भागबन्डा, सल्लाह–साउती र अपारदर्शी साँठगाँठमा रमाएको गम्भीर आरोप पनि सभापति देउवामाथि लगाएका छन् । होइन भन्ने धरातलीय यथार्थता काममा परिणति गरेर देखाउन देउवालाई चुनौती दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार