कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १८१३ नाघ्यो
नेपालबहस संवाददाता
साउन ८, २०७७ शुक्रबार ३:२२:३६
८ साउन, सुर्खेत । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा छ ।
समाजका सबै ठाउँमा कोरोना सङ्क्रमण नियन्त्रण आउन सकेको छैन तर मुलुकका सबै क्षेत्र खुला भइसकेका छन् । कोरोना सङ्क्रमण भने नियन्त्रणमा आएकै छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडीटी र पीसीआर परीक्षणमा बुधबार कालीकोट रास्कोट नगरपालिकाका छ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाँध गाउँपालिका १६ गरी २२ जना कोरोना सङ्क्रमित भेटिए ।
आज पनि दैलेख अस्पतालले गरेको आरडीटी र पीसीआर परीक्षणमा २४ र प्रदेश अस्पताल सुर्खेतमा सुर्खेतका पाँच र सल्यानका एक गरी थप ३० जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारी मिडिया ब्रिफिङद्वारा जानकारी दिए ।
दैलेखमा २४, सुर्खेतमा पाँच र सल्यानमा एक थपिसँगै आजका दिनसम्म कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ८१३ पुगेको महाशाखा प्रमुख डा तिवारीले बताए । कोरोना सङ्क्रमण पुष्टि भएका ८६ प्रतिशत सङ्क्रमित निको भएर घर फर्के पनि सङ्क्रमण नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।
बुधबार दैलेख अस्पतालले सार्वजनिक गरेको आरडीटी र पीसीआर परीक्षणको रिपोर्टअनुसार कोरोना सङ्क्रमण समुदायस्तरसम्म फैलिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना सम्पर्क व्यक्ति थीरप्रसाद रेग्मीले समुदायस्तरमा कोरोना सङ्क्रमण छ वा छैन भनी दैलेख ठाँटीकाँध गाउँपालिकाका ४९ व्यक्तिमा नमूना परीक्षण गरिएकामा १६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको बताए ।
उनका अनुसार सङ्क्रमित व्यक्ति उक्त गाउँपालिकाका १–६ वडाका थिए । यो अवस्थालाई नियाल्दा उनीहरु कोरोना प्रभावित क्षेत्रबाट नआएर गाउँकै व्यक्ति भएको जनाइएको छ । यसबाट समुदायका अन्य नागरिकमा कोरोना सङ्क्रमणको आशङ्का बढेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सरकारले बन्दाबन्दी खुला गरिसकेकाले अब नागरिक आफैँ अनुशासित भएर यो रोगबाट बच्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार