बेरोजगारी बढेपछि ५५ अर्बको रोजगार कार्यक्रम सञ्चालनको तयारी
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १७:४:४९
९ साउन, काठमाडौं । कोरोनाका कारण मुलुकमा बेरोजगारी बढेपछि सरकारले विभिन्न निकायमार्फत ५४ अर्बभन्दा बढीका रोजगार तथा तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले कारोना संकटपछि बेरोजगारी दरमा आएको वृद्धिसँगै यसका लागि विभिन्न निकायमार्फत ५४ अर्बभन्दा बढीका रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बैंक, तालिमप्रदायक संस्था, कृषि सहकारी तथा शैक्षिक संस्था र तीन तहका सरकार आफैंले ५४ अर्ब ५२ करोड भन्दा बढीका कार्यक्रम ल्याएको हो । यसलाई तालिम, स्वरोजगार तथा प्रत्यक्ष कामका मार्फतबाट यो वर्षका लागि रोजगामुलक कार्यक्रम संचालन गर्ने भएको छ । यी कार्यक्रममध्ये सीप विकास तालिम परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र, गरिबी निवारण कोष, युवा स्वरोजगार कार्यक्रममार्फत सञ्चालन गरिने कार्यक्रमा धेरै बजेट खर्च हुने छ ।
कतिपय रोजगारमुखी कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयमार्फत सञ्चालन हुने कार्यक्रमलाई स्थानीय तहमार्फत सञ्चालन गरिने रोजगारीका कार्यक्रम धेरै रहेका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले ४३ अर्बभन्दा बढीका कार्यक्रम युवालक्षित रहेको बताए । उनले स्वदेशमा रहेका तथा विदेशबाट फर्केका युवालाई रोजगार तथा स्वरोजगार बनाउन धेरै कार्यक्रम रहेको बताए ।
सरकारले कोरोनाका कारण चालू आर्थिक वर्ष बेरोजगार घट्ने अनुमानसहित विभिन्न निकायमार्फत रोजगारीका धेरै कार्यक्रम राखेको हो । सरकारले बजेट तथा कार्यक्रममार्फत नै स्वरोजगार, रोजगार तथा तालिमका विभिन्न कार्यक्रम राखेको छ । यसमध्ये सबैभन्दा बढी प्रधानमन्त्री रोजगार कार्यक्रम, सहुलियतपूर्ण कर्जा सुरक्षण तथा बिमा अनुदान र गरिबी निवारण कोष गरी ३ वटा निकाय मार्फतमात्र ४० खर्ब रुपैयाँभन्दा बढीका रोजगार कार्यक्रम रहेका छन् ।
सरकारले बजेट वक्तव्यमार्फत नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारीबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवाहरूलाई उद्यम व्यवसाय सुरु गर्न सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा नै गरेको छ । यसलाई उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमसँग आवद्ध गराइने छ । यसका लागि हाल संचालनमा रहेका कार्यक्रमहरूलाई पुन संरचना गरी सबै प्रदेशमा विस्तार गरिने भएको छ ।
चालू आवका लागि श्रम मन्त्रालयमार्फत सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो बजेट विगत वर्षभन्दा दोब्बर बनाएर ११ अर्ब ६० करोड पुर्याएको हो । यसैगरी गरिबी निवारण कोषमार्फत् रोजगारीमा परिचालन १९ अर्ब खर्च गरिने भएको छ । यसको अधिकांश बजेट तालिम तथा रोजगारीका खर्च गरिने छ ।
स्वरोजगार तथा तालिमका लागि सहुलियतपूर्ण कर्जा सुरक्षण तथा बिमा अनुदानमा १३ अर्ब ९६ करोड रहेको छ । यद्यपि यो कार्यक्रम भने प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । यसरी नै विदेशबाट फर्किएका युवाका लागि सिप विकास तालिम १ अर्ब, निजीस्तरका प्रतिष्ठानहरूका लागि श्रम अनुदान १ अर्ब रुपैयाँ रहको छ ।
यो बजेटको अधिकांश हिस्सा तालिमका लागि खर्च हुने छ । सिटीइभिटी मार्फत सिप विकास तालिमका लागि ४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यो वर्ष सरकारले युवालक्षित कार्यक्रमका लागि समग्रमा ६४ अर्ब ४९ करोड रुपैया खर्च गर्ने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार