राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्ती
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १८:४५:५८
९ साउन, काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उनीप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले जनाएको छ ।
नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेठा छोराका रूपमा भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो । विसं १८५५ मा २३ वर्षकै उमेरमा उनी सरदार पदवी प्राप्त गर्न सफल भएका थिए । राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अङ्ग्रेजसँग युद्ध गरेका थापाले तत्कालीन राजदरबारको अनेक षडयन्त्रमा परी जेलमा बन्दी अवस्थामै १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेको आठ दिनपछि वीरगति प्राप्त गरेका थिए ।
विसं २०५३ साउन १ गते स्थापित प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नेपालको इतिहासबारे अध्ययन र अनुसन्धान गरी उल्लेखनीय कार्य गर्ने इतिहासकारलाई भीमसेन थापाको स्मृतिमा सम्मानपत्र एवं पुरस्कार प्रदान गर्दै आएकामा यस वर्ष भने वितरण गर्न नसकेको प्रतिष्ठानका सचिव लक्षण थापाले उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार