प्रचण्ड रणनीति :- सत्तामा ओलीसँग, विचारमा नेपालसँग
कुसुम सेञ्चुरी
साउन ९, २०७७ शुक्रबार २०:४:२०
समाचार टिप्पणी
९ साउन, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षमा अस्थायी युद्धविराम गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टीका एक नम्बरी अध्यक्षले अर्ली महाधिवेशनको प्रस्ताव त गरे, तर यो प्रस्ताव असन्तुष्टहरुले पत्याएनन् । गत शनिबारको सचिवालय बैठकमा केपी ओलीले आफू अध्यक्षबाट हट्नैपर्ने भए मंसिरमा अधिवेशन गरेर छाड्न तयार भएको सन्देश दिए ।
यसअघि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसबारे जानकारी दिईसकेका थिए । त्यति मात्र हैन ओलीले मंसिरमा हुने अर्ली अधिवेशनबाट एकल अध्यक्ष नै बनाउन बचनै दिएका थिए । त्यसैको असर देखियो सचिवालय बैठकमा । ओलीले अध्यक्षबाट हट्न तयार रहेको तर अर्ली अधिवेशनमा जानुपर्ने शर्त तेस्र्याए । लगत्तै प्रचण्डले सहमति जनाएका थिए । तर वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पत्याएनन् । नेता नेपालले त मुखै फोरेर भने– दुई अध्यक्षको चोचोमोचो मिलेर समग्र समस्याको हल निस्कँदैन ।
यो परिघटनाले नेकपा भित्रको विवादलाई नयाँ चरणमा प्रवेश गराइदिएको छ । गत शनिबार साँझबाट प्रचण्डको मनस्थिति फेरि बदलिएको छ । दिउँसोको सचिवालय बैठकअगाडि ओलीले प्रचण्डलाई निशर्त एकल अध्यक्ष बनाउने वचन दिएकोमा साँझ शीतल निवासमा शर्त तेस्र्याइयो । जनताको बहुदलीय जनवादलाई राजनीतिक कार्यदिशा स्वीकारे प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव आयो । यो प्रस्तावले प्रचण्ड बिच्किएका छन् । प्रचण्डपथलाई राजनीतिक कार्यदिशा बनाएर देश हल्लाएको बिगतले भत्भती पोलेको छ । शीतल निवासबाट यस्तो प्रस्ताव आएपछि भने प्रचण्ड सिताङ्ग भएका छन् ।
त्यसपछि भने प्रचण्डले नेपाल पक्षसँगकै सहकार्यलाई निरन्तरता दिने सोच बनाए । यद्यपि प्रचण्ड निकट अधिकांश नेताले भने ओलीसँग नै सम्झौता गरे अगाडि बढ्दा बढी फाइदा पुग्ने निश्कर्ष निकालेका छन् । सबैको कुरा सुन्ने बानी भएका प्रचण्ड निर्णय भने आफूलाई लागकै गर्ने नेतामा गनिन्छन् ।
यो प्रकरणमा पनि प्रचण्ड सबैको नाडी छाम्दैछन् । अन्ततः प्रचण्डले ओलीसँग सत्ता र नेपालसँग विचारको सहमति गर्ने दाउ निकालेको निकटवर्ती स्रोतको दावी छ । ओलीलाई हटाउन सहज नभएकाले अर्ली महाधिवेशनमा सहमति गर्ने र सकेको सत्ता बाँडफाँड गर्ने तथा महाधिवेशनमा भने नेपालसँग सहकार्य गरेर कब्जा गर्ने रणनीति बनाएको बुझिएको छ ।
प्रचण्डले ओलीसँग सम्झौता गर्न लागेको हल्ला चलाइएको भएपनि त्यस्तो अवस्था नरहेको बताइएको छ । शीतलनिवासले जबजको शर्त नराखेको भए ओलीसँग तत्कालै सम्झौताको सम्भावना रहेका भएपनि अब भने नेपालसँगै दीर्घकालिन सहमति जुटाउने पक्षमा प्रचण्ड उभिने अनुमान गरिएको छ । यसका लागि प्रचण्ड र नेता नेपालबीच पटकपटक वार्ता भइरहेको पनि स्रोतको दावी छ । वार्ता लगभग अन्तिम चरणमा पुगेको र सम्भवतः एक दुई दिनमै लिखित सहमति हुने सम्भावना रहेको बताइन्छ ।
स्रोतका अनुसार, आगामी महाधिवेशनमा नेपाल र प्रचण्ड मध्ये एकजना अध्यक्ष र अर्कालाई प्रधानमन्त्री बनाइने सहमतिको खाका तयार भएको छ । साथै, वरिष्ठ नेता खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत व्यवस्थापन गर्ने गरी सम्झौताको खाका तयार गरिंदैछ । तत्कालका लागि ओलीसँग सहकार्य र दीर्घकालका लागि नेता नेपालसँग एकता गर्दा बढी लाभ हुने ठहर प्रचण्डले गरेका छन् । यसपछिको निर्वाचनसमेत जित्नका लागि यस्तो रणनीति तयार गरिएको उनी निकट नेताको दावी छ ।
तर प्रचण्ड निकट नेताहरु हरिबोल गजुरेल, बर्षमान पुन र जनार्दन शर्मा भने पार्टी एकता गर्दा ओलीसँग सहकार्य भएकाले अहिले उनलाई छाडेर नेपालसँग मिल्दा अफ्ठेरो पर्न सक्ने पक्षमा रहेका छन् । अहिले ओलीलाई कर्नरमा पारेर नेपालसँग मिल्दा भोलि महाधिवेशनमा ओलीले सहयोग नगर्ने बरु आफैं उम्मेदवार हुन सक्ने अवस्थाप्रति पनि प्रचण्डलाई सचेत गराइरहेका छन् ।
त्यसैले नै प्रचण्ड केही समय पर्खने पक्षमा रहेका छन् । भोलिको सम्भावित जोखिम र प्रभावबारे सुक्ष्म विश्लेषण गरेर मात्रै निश्कर्षमा पुग्ने उनको सोच रहेको छ । तर प्रचण्डले आफूलाई फाइदा पुग्ने भन्दा बढी कसैलाई पनि साथ र सहयोग नगर्ने विगतदेखिको इतिहासले धेरै कुराको सङ्केत गरिरहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार