अक्षयले लिए २ हप्ताको २७ करोड !
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १९:१२:२३
९ साउन, एजेन्सी । अक्षय कुमार बलिउडका सर्वाधिक कमाई गर्ने नायक हुन् । अफर आएका चलचित्र नछोड्ने यी नायक अब नयाँ चलचित्र ‘बेलबटम’को छायांकनका लागि अगष्ट महिनामा लण्डन जाने तयारीमा छन् ।
यो चलचित्रको छायांकन सकेर भारत फर्किएपछि उनले चलचित्र ‘अतरंगी रे’को छायांकनका लागि समय दिनेछन् ।धनुष र नायिका साराअली खानको मुख्य भूमिका रहने चलचित्रमा अक्षयको विशेष भूमिका छ । यो चलचित्रका लागि अक्षयले २ हप्ताको समय दिनेछन् ।
भारतीय मिडियाका अनुसार, २ हप्ताको सुटिङका लागि अक्षयले यो चलचित्रबाट २७ करोड पारिश्रमिक वुझेका छन् । आनन्द एल रायको निर्देशनमा बन्ने चलचित्रका लागि अक्षयले महंगो पारिश्रमिक लिएपछि यसले चर्चा पाइरहेको छ ।
आनन्दले पहिले ऋतिक रोशनलाई चलचित्रका लागि अफर गरेका थिए । तर, ऋतिकले चलचित्रमा काम गर्न नमानेपछि अक्षयलाई अफर गरिएको थियो ।
अतिथी भूमिकामा देखिनका लागि एक चर्चित नायकको खोजीमा रहेका आनन्दले अन्ततः अक्षयलाई महंगो पारिश्रमिक दिएर काम गराउन सफल भएका छन् । लकडाउनपछि विदेशमा चलचित्रको छायांकन गर्ने पहिलो नायक समेत अक्षय हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार