सुरक्षित वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १९:२४:३२
९ साउन, नुवाकोट । नुवाकोटमा रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले ३९ जिल्लाका १५६ स्थानीय तहमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व प्रदान गरेको यस परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले उपलब्ध गराउँदै आएको छ ।
विशेषतः यस परियोजनाले वैदेशिक रोजगारमा जाने निर्णय गरेका युवालाई स्थानीय तहमा नै सचेत बनाउन र वैदेशिक रोजगारीमा जाने/नजाने वा कुन देश जाने अथवा कसरी जाने भन्नेबारे आफैँ निर्णय लिन सक्षम बनाउने मूल उद्देश्यका साथ गत वर्ष २०७६/७७ मा तीन हजार ९५१ जनालाई सूचना तथा परामर्श दिएको सुरक्षित आप्रवासन (सामी) परियोजना नुवाकोटका कार्यक्रम संयोजक निरु सुचीकारले जानकारी दिएको हो । उनका अनुसार सूचना तथा परामर्श लिनेमा महिलाको सङ्ख्या एक हजार ७१८ र पुरुषको सङ्ख्या दुई हजार २३३ रहेको छ ।
त्यस्तै वैदेशिक रोजगारीमा जान चाहने राहदानी बनाउने युवाको उमेरगत समूहलाई हेर्दा १९ देखि ३५ वर्षभित्रका ८६ प्रतिशत रहेको र जातिगत अवस्थालाई केलाउँदा जनजातिको सङ्ख्या ५२ प्रतिशत रहेको उनले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको हाताभित्र सूचना तथा परामर्श केन्द्रको कक्षमा सूचना लिन आउने सेवाग्राहीको सङ्ख्या र जिल्लाबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यालाई दाँज्ने हो भने गत आवमा १३ प्रतिशत सेवाग्राही सूचना तथा परामर्श केन्द्रबाट बाहिर रहेको हो ।
विदुर नगरपालिकाका प्रमुख तथा सामी परियोजना व्यवस्थापन समितिका अध्यक्ष सञ्जु पण्डितले वैदेशिक रोजगारमा गएका र जान तयारी भएका युवालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा वैदेशिक रोजगारको क्षेत्रमा संलग्न तथा सम्बद्ध सबै सरोकारवालाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार