खोटाङ भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १९:३३:७
९ साउन, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको तालमा परीक्षण गरिएको काठको डुङ्गा सफल भएको हो ।
कृत्रिम तालमा डुङ्गा परीक्षण सफल भएसँगै यही साउन १९ गते पर्ने धान्यपूर्णिमाको अवसर पारेर व्यवस्थित र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए । “तालमा परीक्षणमा काठको सानो डुङ्गा सफल भएको छ । यसबाट हामीलाई उत्साह मिलेको छ”, उनले भने, “काठकै अलि ठूला–ठूला डुङ्गा तयार पारेर व्यावसायिकरूपमा चलाउने तयारी गरिरहेका छौँ ।”
काङ्साहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यावसायिकरूपमा डुङ्गा सञ्चालन गर्ने तयारी थालिएको सचिव तामाङले बताए । काङ्साहोप, बाँझोबारी, रमितेडाँडालगायत स्थानको पर्यटन प्रवद्र्धन गर्न स्थानीय बासिन्दाले चन्दा उठाएर करिब रु पाँच लाख पाँच हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् ।
जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाइ गर्न मिल्ने गरी निर्माण गरिएको एल आकारको ताललाई डुङ्गा शयर गर्ने स्थलको रूपमा समेत उपयोग गर्ने तयारी थालिएको छ । नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो ।
तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मट्याङ्ग्रा बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मट्याङ्ग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई काङ्साहोप ताल भनिएको स्थानीय बासिन्दाको भनाइ छ । ताल निर्माण गरिएको ठाउँमा यसअघि नै खाल्डो थियो । बाह्रै महिना पानी उम्रिने खाल्डोमा मेसिन लगाएर फराकिलो बनाएर तालको रूप दिइएको हो ।
टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हालिएको छ । काङ्साहोप तालबाट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ । समुद्री सतहदेखि करिब एक हजार ७०० मिटर उचाइमा रहेको काङ्साहोप तालबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गर्न सके बाँझोबारी र काङ्साहोप तालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीय बासिन्दाको अपेक्षा छ ।
बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने सचिव तामाङले बताए । ताल निर्माणका क्रममा सङ्कलन गरिएको रकममध्ये रु दुई लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सहचालक तथा श्रमदानमा सहभागीको खानाखाजामा खर्च गरिएको जनाइएको छ । यस वर्ष तालको रूपमा विकास गरिएको उक्त ठाउँमा गत वर्ष वडा कार्यालयबाट रु तीन लाख ५० हजारमा ड्याम निर्माण गरिएको थियो । निर्माण सम्पन्न गरेर फरफारक गरेको केही समयमै उक्त ड्याम फुटेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार