स्थानीयवासीद्धारा गाउँपालिकालाई निःशुल्क ३१ रोपनी जग्गा
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २०:७:२४
९ साउन, स्याङ्जा । यहाँका स्थानीयवासीले गाउँपालिकालाई निःशुल्क ३१ रोपनी जग्गा दिएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गहलामका स्थानीय १५ जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि निःशुल्क गाउँपालिका कार्यालयको नाममा जग्गा पास दिएका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
गाउँपालिकाले भवन निर्माणका लागि वडा नं ४ भित्र जग्गा आवश्यक रहेको सूचना सार्वजनिक गरेसँगै पाँच ठाउँबाट जग्गा उपलब्ध गराएको मध्ये गहलामको ३१ रोपनी छनोट गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । “स्थानीय जग्गाधनीले तीन शुल्कसहित र दुई निःशुल्क गरी पाँच वटा जग्गा उपलब्ध गराउने बताएको थियो”, गाउँपालिकाका अध्यक्ष थापाले भने, “पाँच वटा जग्गामध्ये सबैभन्दा पायक पर्ने स्थानमा निःशुल्क जग्गा प्राप्त भएकाले यो जग्गा छनोट गरेका हौँ ।”
गाउँपालिकालाई प्राप्त भएको ३१ रोपनी जग्गा मध्येबाट प्रहरी चौकीको भवन निर्माणका लागि नौ रोपनी जग्गा प्रहरी चौकीलाई गाउँपालिकाले दिएको अध्यक्ष थापाले बताए । गाउँपालिका कार्यालय र प्रहरी चौकी एकै स्थानमा भएपछि सेवा प्रवाहमा सहजता हुने भएकाले गाउँपालिकाले निःशुल्क चौकी निर्माणका लागि जग्गा उपलब्ध गराएको हो ।
गाउँपालिकाल उपलब्ध गराएको जग्गामा अहिले प्रहरी चौकीको भवन निर्माण जारी छ भने गाउँपालिकाको भवन निर्माणका लागि जग्गा सम्याउने काम थालनी भएको अध्यक्ष थापाले बताए । कालीगण्डकी गाउँपालिकाले भवन निर्माणका लागि जग्गाको खोजी गरिरहेको भन्ने सूचना थाहा पाएपछि स्थानीय जग्गाधनीले सामूहिकरूपमा छलफल गरेर ३१ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जग्गाधनी गोपीकृष्ण पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार