मुख्यमन्त्री राईको टेबलमा ड्यासबोर्ड

नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २०:१५:५३

९ साउन, काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्य चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताएका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै उनले प्रदेशलाई प्रविधियुक्त बनाउन लागिपरेको बताए । मुख्यमन्त्री राईले आगामी दिनमा बोर्डमार्फत प्रदेशका १३७ पालिका लिङ्क गरी मुख्य योजनाको अनुगमन, सञ्चालन, क्षमता विस्तार एवं छलफल गर्न सकिने धारणा राखे ।
प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन बोर्ड उपयोगी हुने बताएका छन् । बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालयबीच कामका लागि प्रतिस्पर्धा गरिने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिए ।
स्वीस सरकारको सहयोगमा स्थापित ड्यासबोर्डमा प्रदेशका सबै मन्त्रालय, विभाग, निर्देशनालय, कार्यालय आदिका वित्तीय, भौतिक, कार्य र समग्र प्रगतिको विवरण राखिनाका साथै यसबाट सामाजिक सञ्जाल, विभिन्न रेडियोमार्फत जनतालाई सूचना दिइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
फागुन ९, २०८१ शुक्रबार
अन्ततः चीनले प्रयोगशालामा बनाइ छाड्यो ‘सुपर डाइमण्ड’
फागुन ७, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार