बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे बार
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २०:२९:४०
९ साउन, रसुवा । गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे पाइप राख्न थालेको हो ।
प्रत्येक वर्ष गङ्गा–दशहरा एवं जनैपूर्णिमामा गोसाइँकुण्ड जाँदा असहज हुने यात्रुलाई बारको सहायताले हिँड्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । ककरो भिरमा समात्ने ठाउँसमेत नहुँदा धार्मिक यात्रुलाई जोखिम हुने भएकाले उनीहरुको सुरक्षाका लागि नेपाली सेनाले दुई दशमलव ५८ किलोमिटर क्षेत्रमा फलामे बार लगाउने काम अगाडि बढाएको रसुवामा कार्यरत कालीजङ्ग गणले जनाएको छ ।
फलामे पाइपद्वारा बार निर्माणका साथसाथै धार्मिकमार्गको मर्मत तथा सुधारका कामसमेत एकसाथ अगाडि बढाइ समग्रमा ८० प्रतिशत काम पूरा भएको सो गणले जनाएको छ । झरी, बादल र चिसोपनलाई कुनै प्रवाह नगरी नेपाली सेनाले जोश, जाँगरका साथ बाटो मर्मत सुधार र जेनेटरको सहायताले फलामको पाइप ज्वाइन गर्दै अगाडि बढिरहेको चन्दनबारीका सुब्बा लामाले बताए।
यस्तै उक्त गणले विगतका वर्षमा ऐतिहासिकस्थल रसुवागढीमा राष्ट्रिय झण्डा फहराइ शिलालेख तयार, बिरामी उद्वारका लागि धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण, बोकेझुण्डा र नागुङ प्राविको पूर्वाधार निर्माणजस्ता कार्यमा उल्लेखनीय योगदान पु¥याएको रसुवा जिल्लाकै वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए । तामाङका अनुसार उक्त गणका पूर्वगणपति शीतल बानियाँको समेत महत्वपूर्ण योगदान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा यसभन्दा अघि तैनाथ नारायण दल गणका गणपतिद्वय लक्ष्मण थापा र विक्रम गुरूङले पनि भूकम्पपश्चात उद्वार एवं पुनःनिर्माणका काममा उल्लेखनीय योगदान पुर्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार