देशैभर ९१ प्रतिशत रोपाइँ सम्पन्न
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २३:२१:३४
९ साउन, काठमाडौं । देशभर ९१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, कुल धान रोपाइँ हुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ९१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।
गतवर्ष यसै समयमा ६० प्रतिशत बढीमा रोपाइँ सम्पन्न भएको थियो । समयमै मनसुन भएको र जनशक्तिको सहजताका कारण रोपाइँ धमाधम भइरहेको हो ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा ९० प्रतिशतभन्दा बढि रोपाइँ भएको छ । प्रदेश नम्बर १ र २ तिर ७० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । अबको एक हप्ताभित्र धान रोपाइँ सम्पन्न हुने कृषि मन्त्रालयले जनाएका छन् ।
यसवर्ष करिव शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रक्षेपण छ । सरकारले यसवर्ष पनि ५ देखि ७ प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार