ज्योति विकास बैंकको १२ औं वार्षिकोत्सवमा महावीर पुनकाे आविष्कार केन्द्रलाई ८ लाख सहयाेग
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:२:२०
९ साउन, काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे विशिष्ट अतिथिका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती, संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराई र संस्थापक शेयरधनी हरि प्रसादको उपस्थिति रहेको थियो। वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३४ जना जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “ न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।
बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष खड्काले बैंक अझ सफल रुपमा विस्तारित हुँदै ग्राहकवर्ग, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताएका छन् ।
अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारीलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए ।
१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ। कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराही शाखास्थित बैंकको ६१औं एटीएमको पनि डिजिटल उद्घाटन गरे ।
वार्षिकोत्सवकै अवसरमा ग्राहकवर्गहरुलाई शेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डीपी (Depository Participant) सेवा” सुचारु गरेको छ। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ।
सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधिनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु ३१ अर्व लगानी गर्न सफल भएको सूचना अधिकारी रामहरि आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार