होटलले ग्रामीण पर्यटनको झल्को दिनुपर्छ : पर्यटनमन्त्री
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:९:५२
९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
समितिको कार्यालयको आज निरीक्षण गर्दै उनले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने गरी आवास गृह र स्तरीय होटल बनाउन निर्देशन दिएका छन् । मन्त्री भट्टराईले समितिले सञ्चालन गरेको नगरकोट, पोखरा, ककनी क्षेत्रका होटललाई ग्रामीण पर्यटनको झल्को दिने गरी नमूनाको रुपमा विकास गर्न पनि निर्देशन दिए । हायात रेजन्सी होटलको जग्गा विवाद चाँडो समाधान गर्न आग्रह गर्दै उनले ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने आयोजना सञ्चालन गर्न समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई निर्देशन दिएका छन् ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले तारागाउँबाट सञ्चालन भएको होटल विदेशीस्तरको बनाउन आग्रह गरेका छन् । समितिका अध्यक्ष न्यौपानेले अब तारागाउँ विकास समितिको सट्टा राष्ट्रिय ग्रामीण पर्यटन विकास समिति बनाउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार