२६ लाखको लागतमा मौसम मापन केन्द्र स्थापना
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:१३:१४
९ साउन, काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । बैतडीमा सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कृषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ, तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसममापन केन्द्र स्थापना गरिएको हो ।
कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा गरी सात स्थानमा उक्त उपकरण जडान गरिएको कृषि विकास निर्देशनालय दिपायलका नायब सुब्बा चुडामणि पनेरुले जानकारी दिए । ती उपकरण एउटा स्थानमा रु तीन लाख ७७ हजार गरी २६ लाख ३९ हजारको लागतमा निर्देशनालयले जडान गरिएको हो ।
मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गर्ने जडानको ठेक्का पाएको महावीर श्री इन्टरनेशनल प्रालिका इञ्जिनीयर सार्थक लम्सालले बताए । उनले भने, “इन्टरनेटको माध्यम तथा मोबाइल एपमार्फत पनि मौसमसम्बन्धी जानकारी पाउन सकिनेछ ।”, साथै यो उपकरण इन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।
जडान गरिएको उपकरणले मौसमसम्बन्धी जानकारी दिने भएकाले यसले कृषि क्षेत्रका लागि सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र बैतडीका निमित्त प्रमुख डम्मरसिंह भाटले बताए । उनले भने, “मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुनेछ ।”, कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक गर्ने जनाइएको छ ।
यस उपकरणबाट ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी छिनछिनको मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकाले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार