विदेशबाट आउने सबैको कोरोना परीक्षण गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार २:१:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/covid-19-test-corona_vwG1xwFR6I.jpg)
९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताए । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।
मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका प्रयास विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताए । उनले विज्ञहरूबाट सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले बन्दाबन्दी खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउने गरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
छलफलमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफैलिएको बताए । उनले खास ठाउँमा देखिएको सङ्क्रमणलाई समुदायको भन्न नमिल्ने भन्दै अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास सराहनीय रहेको बताए ।
विकसित देशको भन्दा राम्रोसँग कोरोनाको नियन्त्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताए । छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए ।
सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा सङ्क्रमण हुनबाट जोगाउनुपर्ने बताए । जनस्वास्थ्य विद् डा सुजन मरहठ्ठाले कोरोनाको व्यापकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार