अस्पतालले उपचार गर्न नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार २:१८:४४
९ साउन, विराटनगर । अस्पतालले उपचार गर्न नमान्दा विराटनगरमा एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको हो । त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल ल्याइएको थियो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि पदमलाई श्रीमती कमला र बहिनी चमेलीले बिहीबार कटारी अस्पताल लगेका थिए । कटारी अस्पतालले रेफर गरेपछि उनीहरुले शुक्रबार विराटनगरको नोबल मेडिकल कलेज ल्याएका थिए । दिउँसो २ बजेसम्म उनको अवस्था सामान्य थियो । बेलाबेला श्वास प्रश्वासमा समस्या भएकाले अक्सिजन लगाएका थिए ।
नोबेलले एम्बुलेन्सबाट बिरामी लिन स्ट्रेचरसमेत ल्यायो । तर पछि कोरोना जाँच गराएर मात्र आउन भन्दै अस्पतालले भर्ना लिन मानेन । त्यसपछि एम्बुलेन्स चालक सुवास तामाङले साढे २ बजे कोशी अस्पताल ल्याए । तर सरकारी अस्पतालले पनि एम्बुलेन्सबाट बिरामी झार्न दिएन ।
अस्पतालले भर्ना लिनै नमानेपछि एम्बुलेन्समा करिब एक घण्टापछि उनको मृत्यु भएको थियो । युवकको मृत्यु भएपछि उनका आफन्त आक्रोििशत भएका छन् । यसअघि सरकारले निश्चितता नभई बिरामीलाई रिफर नगर्न परिपत्र गरेको थियो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र नै बेवास्ता गरेर सरकारी नै रहेको कोशी अञ्चल अस्पतालले नै बिरामीको ज्यान जाने अवस्था सिर्जना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
कात्तिक २०, २०८१ मंगलबार
कीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
कात्तिक २०, २०८१ मंगलबार
यसरी हुँदैछ उपत्यकामा छठको तयारीः फोटोफिचर
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार