प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच लगातार भेटवार्ता
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार २:५६:५६
९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज पनि भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।
यसअघि दुई नेताबीच हिजो पनि भेटवार्ता भएको थियो । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद मिल्न नसकेका बेला प्रधानमन्त्री ओली र विपक्षी कांग्रेस सभापति देउवाबीच निरन्तर छलफल तथा भेटवार्ता भइरहेको हाे ।
आजको भेटमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेस केन्द्रिय सदस्य रमेश लेखक पनि सहभागी थिए । यसअघि ओली र देउवाबीच एक्लाएक्लै भेटवार्ता भएपनि आज भने नेम्वाङ र लेखक पनि सहभागी रहेकाे नेताहरुको भनाई छ ।
पछिल्लो समय नेताहरुबीचमा संवैधानिक आयोगमा कसलाई कसरी नियुक्ती गर्ने भन्ने विषयमा छलफल गरिएको भनिएपनि सत्ता समीकरणका विषयमा समेत छलफल भइरहेको अनुमान गरिएको छ ।
यसअघि पनि ओली र देउवाबीच सत्ता समीकरणका विषयमा छलफल भएको थियो । जसले नेकपा र कांग्रेसभित्रै आन्तरिक विवाद उत्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार