गुणस्तरहीन पानी बिक्री वितरण गर्ने पानी उद्योग कारवाहीमा
नेपालबहस संवाददाता
साउन १०, २०७७ शनिबार १८:५६:५४
१० साउन, बाँके । बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।
कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ । अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताएका छन् ।
बाँकेमा मलको अभाव
बाँकेमा रासायनिक मलको चरम अभाव देखिएको छ । यतिबेला किसानलाई धानबालीका लागि मल चाहिएको छ तर, नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ । जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र १०० मेट्रिक टन पोटास मल अवश्यक पर्छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति हुँदा बाँकेमा मलको अभाव देखिएको हो । कृषि कम्पनी लिमिटेडले यहाँका सहकारीमार्फत किसानसम्म मल पु¥याउने गरेको छ । बाँकेका करिब १०० सहकारीले कम्पनीबाट मल खरिद गरेर किसानलाई बिक्री वितरण गर्दै आएका छन् तर, सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई वितरण गरेर बाँकी रहेको मल मात्रै बिक्री गर्दै आएकाले आमकिसान समस्यामा पर्ने गरेका छन् ।
यद्यपि, जिल्ला सहकारी सङ्घले भने सबैलाई समानरुपले मल वितरण गरेको सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीको दाबी छ । कोरोना महामारीपछि बाँकेको सीमानाका बन्द भएकाले यस वर्ष सीमापारिबाट पनि सहजरुपमा मल ल्याउन नसकिएको कृषक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार